Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

राजतन्त्र र हिन्दू राष्ट्रको पक्षमा हेटौंडामा प्रर्दशन

राजतन्त्र र हिन्दू राष्ट्रको पक्षमा हेटौंडामा प्रर्दशन

  • शुक्रवार, मंसिर १९ २०७७

  • 1.9K
    SHARES

  • राजतन्त्र र हिन्दू राष्ट्रको पक्षमा हेटौंडामा प्रर्दशन

    काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले बागमती प्रदेशको राजधानी हेटौंडामा राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा मोटरसाइकल र्‍याली प्रर्दशन गरेको छ । 

    पार्टी कार्यालयबाट निस्किएको र्‍यालीले राजतन्त्र पुर्नस्थापना गर, हिन्दु राष्ट्र कायम गर जस्ता नारा लगाएर बजार परिक्रम गरेको थियो । 

    कोरोना संक्रमण जोखिमलाई ध्यान दिँदै सभा, सम्मेलन नगरी मोटरसाइकल र्‍याली निकालिएको राप्रपा मकवानपुरका अध्यक्ष रामहरि न्यौपानेले बताउनुभयो । उहाँका अनुसार र्‍यालीमा करिब पाँचसय मोटरसाइकलमा नेता कार्यर्ता र शुभेच्छुक सहभागी थिए ।

    हेटौंडा बजारको सीमा चोकमा पुगेको र्‍यालीलाई राप्रपाका केन्द्रीय मधु अधिकारी जिल्ला अध्यक्ष न्यौपानेलगायतले सम्बोधन गरेका थिए । 


    शुक्रवार, मंसिर १९ २०७७०४:१२:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij