Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

पार्टी पुनर्गठन, पुनर्संरचना र पुनर्निर्माण आजको आवश्यकताः झलनाथ खनाल

पार्टी पुनर्गठन, पुनर्संरचना र पुनर्निर्माण आजको आवश्यकताः झलनाथ खनाल

  • बिहिवार, आषाढ ११ २०८३

  • 262
    SHARES

  • पार्टी पुनर्गठन, पुनर्संरचना र पुनर्निर्माण आजको आवश्यकताः झलनाथ खनाल

    काठमाडौँ। नेकपाका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राज्यको नजरमा गल्ती गर्ने जोकोहीलाई पनि कानुन अनुसार कारबाही गर्ने अधिकार राज्यसँग सुरक्षित रहेको बताउनुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुराकानी गर्दै पूर्वप्रधानमन्त्री खनालले पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका नेता विष्णु पौडेलको पक्राउका विषयमा आफ्नो धारणा राख्नुभएको हो। उहाँले कारबाही प्रक्रिया अघि बढाउँदा सधैँ विधि, स्थापित प्रक्रिया र बलियो प्रमाणका आधारमा मात्र अनुसन्धान गरिनुपर्ने कुरामा विशेष जोड दिनुभयो।

    पञ्चायत कालदेखि नै आफूले लगातार भ्रष्टाचारको विरोध गर्दै आएको स्मरण गराउँदै नेता खनालले वर्तमान पुँजीवादी व्यवस्थाकै कारण समाजमा भ्रष्टाचार मौलाएको दाबी गर्नुभयो। अहिलेको प्रणाली रहिरहेसम्म वर्तमान सरकारले पनि भ्रष्टाचारको जरो उखाल्न नसक्ने उहाँको तर्क थियो। यसैगरी, संविधान संशोधन नगरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू गर्न र प्रदेश संरचना खारेज गर्न असम्भव रहेको उहाँले स्पष्ट पार्नुभयो।

    कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन पार्टी सुदृढ हुनुपर्ने उल्लेख गर्दै उहाँले अब विचार मिल्नेहरू एकजुट भई पार्टी पुनर्गठन, पुनर्संरचना र पुनर्निर्माणमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो। विगतको नेतृत्व असफल भइसकेको टिप्पणी गर्दै उहाँले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको हालको नेतृत्वले मात्रै पार्टीलाई बलियो बनाउन सक्नेमा आशंका व्यक्त गर्नुभयो।

     


    बिहिवार, आषाढ ११ २०८३०९:२९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij