काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद बढिरहँदा नेताहरुबीच छलफलले तीव्रता पाएको छ ।
यसैक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सचिवालय सदस्य ईश्वर पोखरेलबीच भेटघाट भएको छ । प्रचण्डलाई भेट्न आज पोखरेल खुमलटार पुग्नुभएको थियो ।
उप्रधानमन्त्री समेत रहनुभएका पोखरेलले पार्टी विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर साझा प्रस्ताव ल्याउन अध्यक्ष प्रचण्डसँग आग्रह गरेको बताइएको छ ।
दुवैको प्रस्तावका विषयमा छलफल गर्न बुधबारका लागि सचिवालय बैठक बोलाइयो थियो । तर, त्यहाँ प्रधानमन्त्री ओली अनुपस्थित भएपछि बैठक केहीबेर बसेर औपचारिकतामा सीमित भएको थियो ।
नेकपा सचिवालय बैठक शनिबार बस्दैछ । त्यसैले, प्रचण्ड र ओलीनिकट नेताबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।