Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्ड–नेपाल समुहका विद्यार्थीको छुट्टै भेला, सहभागि छन् यी नेता पनि

प्रचण्ड–नेपाल समुहका विद्यार्थीको छुट्टै भेला, सहभागि छन् यी नेता पनि

  • शुक्रवार, मंसिर १९ २०७७

  • 1.5K
    SHARES

  • प्रचण्ड–नेपाल समुहका विद्यार्थीको छुट्टै भेला, सहभागि छन् यी नेता पनि

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद अहिले चरम उत्कर्षमा पुगेको छ । अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अहिले पानी बाराबारको स्थिति छ । प्रचण्डलाई वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललगायतले साथ दिइरहेका छन् ।

    यसै परिपेक्षमा नेताहरुबीच सम्बन्ध बिग्रिरहेका वेला विद्यार्थी संगठनबीच पनि फाटो आएको छ । परिणामस्वरुप प्रचण्ड–नेपाल समुहको विद्यार्थी भेला थापाथली क्याम्पसमा अहिले जारी रहेको अनेरास्ववियुका केन्द्रीय सदस्य अशोक थापाले नेपाली नेटवर्कलाई जानकारी दिनुभयो । पार्टी एकतामा जोड दिन भेला डाकिएको उहाँको भनाइ छ ।

    त्यहाँ प्रचण्ड, नेपाल र खनाल पक्षका नेताहरु समभागी छन् । जसमा अष्टलक्ष्मी शाक्य, पम्फा फुसाल, लेखनाथ न्यौपाने, रामकुमारी झाँक्री आदि नेता छन् ।


    शुक्रवार, मंसिर १९ २०७७०२:०३:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij