Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

“भारत भ्रमणले सम्बन्ध न्यानो बनायो, तर सत्कारकै भरमा सबै समस्या सुल्झँदैनन्ः डा. लोकराज बराल

“भारत भ्रमणले सम्बन्ध न्यानो बनायो, तर सत्कारकै भरमा सबै समस्या सुल्झँदैनन्ः डा. लोकराज बराल

  • आइतवार, जेठ २४ २०८३

  • 215
    SHARES

  • “भारत भ्रमणले सम्बन्ध न्यानो बनायो, तर सत्कारकै भरमा सबै समस्या सुल्झँदैनन्ः डा. लोकराज बराल

    काठमाडौं । वरिष्ठ कूटनीतिज्ञ डा. लोकराज बरालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हालैको भारत भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई न्यानो बनाएको टिप्पणी गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेम बमसँग कुरा गर्दै डा. बरालले रास्वपाले विकासमूलक कूटनीतिको विषयलाई प्राथमिकता दिनु सकारात्मक रहेको बताउनुभयो ।
    कूटनीतिज्ञ बरालले सीमा विवादमा उत्तेजित भएर कुरा उठाउनुभन्दा विद्युत्, व्यापार र कनेक्टिभिटी जस्ता व्यावहारिक मुद्दामा सहकार्य बढाउनु अहिलेको सन्दर्भमा परिपक्व कदम भएको उल्लेख गर्नुभयो । भ्रमणका क्रममा भारत सरकारले लामिछानेको स्वागतमा देखाएको तत्परता र सद्भावलाई अर्थपूर्ण रूपमा लिन सकिने उहाँको भनाइ छ ।
    एकैपटक सबै कुरा गर्नुभन्दा पहिले सकारात्मक माहोल बनाएर विस्तारै द्विपक्षीय समस्या सुल्झाउने संकेत यो भ्रमणले देखाएको उहाँले विश्लेषण गर्नुभयो । तर, भारतले दिएको सत्कारकै भरमा दुई देशबीचका सबै समस्या सुल्झिए भन्न नसकिनेमा डा. बरालले सचेत गराउनुभएको छ । नेपाल, भारत र चीनसँगको सम्बन्धका आयामहरू फरक–फरक भएकाले दुवै छिमेकीसँग सन्तुलित कूटनीति कायम राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । भारत र नेपालबीच बहुआयामिक सम्बन्ध रहेकाले अहिलेको भ्रमणलाई सामान्य तवरबाट मात्रै सम्बन्ध अघि बढेको रूपमा बुझ्नुपर्ने उहाँको निष्कर्ष छ ।


    आइतवार, जेठ २४ २०८३०८:५२:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij