Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपालीले भारतको जग्गा मिचेका छैनन्, कालापानीमा भारतीय सेना छः पूर्वराजदूत आचार्य

नेपालीले भारतको जग्गा मिचेका छैनन्, कालापानीमा भारतीय सेना छः पूर्वराजदूत आचार्य

  • सोमवार, जेठ १८ २०८३

  • 286
    SHARES

  • नेपालीले भारतको जग्गा मिचेका छैनन्, कालापानीमा भारतीय सेना छः पूर्वराजदूत आचार्य

    काठमाडौँ। भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्यले सीमावर्ती क्षेत्रका नेपाली नागरिकहरूले भारतको भूमि अतिक्रमण नगरेको स्पष्ट पार्नुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम ’नेपाली बहस’ मा पत्रकार खेम बमसँग कुरा गर्दै पूर्वराजदूत आचार्यले नेपाल–भारत खुला सिमानाका कारण सिर्जित परिस्थितिलाई राज्यस्तरको अतिक्रमण भन्न नमिल्ने बताउनुभयो ।
    खुला सीमाका कारण दसगजा क्षेत्र आसपास दुवै देशका स्थानीय नागरिकले एकअर्काको जग्गा व्यावहारिक रूपमा उपयोग गरिरहेको उहाँको भनाइ छ । आचार्यले भन्नुभयो, “नेपालीले भारतको र भारतीयले नेपालको भूमि प्रयोग गर्नु स्थानीय स्तरको व्यावहारिक विषय हो, यसलाई राज्यले नै सीमा मिचेको भन्न मिल्दैन । यी दुई विल्कुलै फरक विषय हुन्।”
    उहाँले सीमा व्यवस्थापनका लागि दसगजा क्षेत्र तत्काल खाली गरिनुपर्ने र हराएका सीमा स्तम्भ (पिल्लर) हरू तुरुन्त पुनःस्थापना गरी यो समस्याको चाँडो समाधान खोज्नुपर्नेमा जोड दिनुभयो।
    अर्को प्रसङ्गमा पूर्वराजदूत आचार्यले नेपालको कालापानी र लिम्पियाधुरा क्षेत्र भारतले मिचेको तथ्य स्पष्ट रहेको उल्लेख गर्नुभयो। भारतले कालापानीमा आफ्नो सेना नै राखेर नेपाली भूभाग नियन्त्रणमा लिएको भन्दै उहाँले ऐतिहासिक र कूटनीतिक रूपमा निरन्तर उठ्दै आएको यो राष्ट्रिय हितको विषयलाई गम्भीरताका साथ समाधान गरिनुपर्ने बताउनुभयो ।


    सोमवार, जेठ १८ २०८३०९:१६:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij