Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

’गौरीबहादुर कार्की आफैं दोषी, बालेन शाहको बचाऊ गरियोः नेता ऐन महर

’गौरीबहादुर कार्की आफैं दोषी, बालेन शाहको बचाऊ गरियोः नेता ऐन महर

  • शुक्रवार, जेठ १५ २०८३

  • 208
    SHARES

  • ’गौरीबहादुर कार्की आफैं दोषी, बालेन शाहको बचाऊ गरियोः नेता ऐन महर

    काठमाडौँ । नेकपा (एमाले) का नेता ऐन महरले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले भदौ २३ र २४ गतेको आन्दोलनको वास्तविक ऐना देखाएको टिप्पणी गर्नुभएको छ । उक्त प्रतिवेदन सम्मानजनक र स्वागतयोग्य रहेको उल्लेख गर्दै उहाँले घटनाको सत्यतथ्य बाहिर ल्याउन आयोगले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । तर, आन्दोलनको छानबिनका लागि गठित कार्की आयोगका संयोजक गौरीबहादुर कार्की आफैंमा ठूलो दोषी रहेको नेता महरको आरोप छ ।
    कार्की आयोगको प्रतिवेदनले वास्तविक दोषी र ’ठूला माछा’ लाई जोगाउन साना माछालाई मात्र जालमा पारेको भन्दै उहाँले सो प्रतिवेदनको कुनै औचित्य नरहेको दाबी गर्नुभयो । नेता महरले आन्दोलनमा प्रधानमन्त्री बालेन शाहको समेत अप्रत्यक्ष संलग्नता रहेको गम्भीर आरोप लगाउनुभएको छ । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा राखेका अभिव्यक्ति (स्टाटस) ले नै युवाहरूलाई आन्दोलनमा जान उक्साएको भन्दै मानव अधिकार आयोग यो गम्भीर विषयमा मौन रहनु धने त्रुटिपूर्ण रहेको उहाँले बताउनुभयो ।
    यसैगरी, नेता महरले आन्दोलनका क्रममा नेपाली सेनाको भूमिकामाथि पनि प्रश्न उठाउनुभएको छ । मुलुकमा यति ठूलो घटना र अन्योल सिर्जना हुँदा समेत प्रधानमन्त्री संसदमा उपस्थित नहुनुले घटनाप्रति विभिन्न संशय र आशंकाहरू जन्माएको उहाँको तर्क छ ।


    शुक्रवार, जेठ १५ २०८३०८:२६:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij