Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

कांग्रेस पदाधिकारी बैठक आज बस्दै, तनहुँ घटनाबारे के गर्ला निर्णय ?

कांग्रेस पदाधिकारी बैठक आज बस्दै, तनहुँ घटनाबारे के गर्ला निर्णय ?

  • शुक्रवार, मंसिर १९ २०७७

  • 1.2K
    SHARES

  • कांग्रेस पदाधिकारी बैठक आज बस्दै, तनहुँ घटनाबारे के गर्ला निर्णय ?

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरवहादुर देउवाको निवास बुढानिकलकण्ठमा २ बजे बस्ने बैठकमा बुधबार वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा भएको दुर्व्यवहारबारे छलफल हुनेछ ।

    कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको पदाधिकारी बैठकमा सरकारले शक्तिको दूरूपयोग गरी वरिष्ठ नेता पौडेललाई गरेको दुर्व्यवहारमा के गर्ने भन्ने रणनीति तय हुनेछ ।

    व्यास नगरपालिका वडा नम्बर १ र ११ जोड्ने पुल उद्घाटन गर्न गृहजिल्ला तनहुँ पुग्नुभएका नेता पौडेललाई निषेधाज्ञा अवज्ञा गरेको भन्दै प्रहरीले ३ घण्टा नियन्त्रणमा लिएको थियो । दुई वर्षअघि नै निर्माण सकिएको सो पुल विवादकै बीच पौडेलले हिजो उद्घाटन गर्नुभएको छ ।


    शुक्रवार, मंसिर १९ २०७७१०:४९:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij