Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

कोरोनाविरुद्धको खोप अधिकतम नाफाको माध्यम हुन नहुनेमा प्रधानमन्त्रीको ओलीको जोड

कोरोनाविरुद्धको खोप अधिकतम नाफाको माध्यम हुन नहुनेमा प्रधानमन्त्रीको ओलीको जोड

  • शुक्रवार, मंसिर १९ २०७७

  • 744
    SHARES

  • कोरोनाविरुद्धको खोप अधिकतम नाफाको माध्यम हुन नहुनेमा प्रधानमन्त्रीको ओलीको जोड

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानव समुदाय नै संकटमा रहेको समयमा जीवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम हुन नहुनेमा जोड दिनुभएको छ ।

    कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री ओलीले कोभिड–१९ सम्बन्धी खोपहरु वास्तविक रुपमा नै विश्वव्यापी सार्वजनिक वस्तु हुनुपर्ने र त्यसमा सबै मुलुक र जनताको सहज पहुँच र उपलब्धता हुनुपर्नेमा जोड दिनुभएको छ ।

    उहाँले विश्वव्यापी रुपमा नै खोप उपलब्ध नभएसम्म विश्व महामारीबाट सुरक्षित नहुने समेत बताउनुभएको छ । अहिले विश्वमा सबैको पहुँचमा भ्याक्सिन पुर्याउन कोभाक्सले गरिरहेको पहलको पनि प्रधानमन्त्री ओलीले स्वागत गर्नुभयो ।

    कोभिड–१९ लाई नै केन्द्रित गरेर राष्ट्रसंघले विशेष महासभाको आयोजना गरेको हो । प्रधानमन्त्री ओलीको सम्बोधनको भिडियो रेकर्ड गरेर राष्ट्रसंघ पुर्याइएको थियो ।


    शुक्रवार, मंसिर १९ २०७७१०:४८:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij