Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीले संसदको अवहेलना गरे, सभामुखले रुलिङ गर्नुपर्छ - सांसद सन्दिप राना

प्रधानमन्त्रीले संसदको अवहेलना गरे, सभामुखले रुलिङ गर्नुपर्छ - सांसद सन्दिप राना

  • शुक्रवार, जेठ ८ २०८३

  • 136
    SHARES

  • प्रधानमन्त्रीले संसदको अवहेलना गरे, सभामुखले रुलिङ गर्नुपर्छ - सांसद सन्दिप राना

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद सन्दिप रानाले प्रधानमन्त्री बालेन्द्र शाहले संसदको अवहेलना गर्दै राजनीतिक अपरिपक्वता र अहंकार देखाएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कको ’नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँगको अन्तर्वार्तामा नेता रानाले संसदमा उठेका जनसरोकारका विषयमा जवाफ दिनु अभिभावकका रूपमा प्रधानमन्त्रीको दायित्व भए पनि उहाँ सदनमा अनुपस्थित हुनु गैरजिम्मेवार कदम भएको बताए।

    दुई तिहाइ बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल भइरहँदा प्रधानमन्त्री र अर्थमन्त्रीले देखाएको उदासीनताप्रति प्रतिपक्षले गम्भीर चिन्ता व्यक्त गरेको छ। सरकार ’एक्सन ओरिएन्टेड’ हुने नाममा गरिमामय व्यवस्थापिकालाई कार्यपालिकाको छायाँ बनाउन खोजिएको रानाको भनाइ छ।

    सांसद रानाले प्रधानमन्त्रीलाई सदनमा जवाफदेही बनाउन सभामुख डिपी अर्यालले तत्काल रुलिङ गर्नुपर्ने माग राखेका छन्। सभामुखले नियमावलीको बाहना बनाएर रुलिङ गर्न आनाकानी गरिरहेको भन्दै लगातार तीन–चार दिनदेखि कांग्रेसले यो विषय उठाइरहेको उनले प्रष्ट पारे। अधिनायकवादी चरित्रले सरकारको आयु लामो नहुने चेतावनी दिँदै रानाले सरकारले गरेका राम्रा काममा कांग्रेसको सहयोग रहने तर अहित हुने काममा निरन्तर खबरदारी गर्ने प्रतिबद्धता जनाएका छन्।


    शुक्रवार, जेठ ८ २०८३०९:१७:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij