Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कांग्रेसभित्र फरक मत हुनु लोकतान्त्रिक प्रक्रिया हो, समानान्तर गतिविधि गरेका छैनौँ - कांग्रेस नेता काफ्ले

कांग्रेसभित्र फरक मत हुनु लोकतान्त्रिक प्रक्रिया हो, समानान्तर गतिविधि गरेका छैनौँ - कांग्रेस नेता काफ्ले

  • बुधवार, जेठ ६ २०८३

  • 164
    SHARES

  • कांग्रेसभित्र फरक मत हुनु लोकतान्त्रिक प्रक्रिया हो, समानान्तर गतिविधि गरेका छैनौँ - कांग्रेस नेता काफ्ले

    काठमाडौं । नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्लेले पार्टीभित्र फरक विचार र दृष्टिकोणमाथि बहस हुनु स्वाभाविक लोकतान्त्रिक प्रक्रिया भएको बताएका छन्। नेपाली रेडियो नेटवर्कको ’नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँग कुराकानी गर्दै नेता काफ्लेले कांग्रेसभित्र विभाजन वा समानान्तर गतिविधि भइरहेको भन्ने हल्ला मात्रै भएको बताएका छन् ।

    इतर पक्षले ’राष्ट्रिय कांग्रेस’ बनाउने र शङ्ख चुनाव चिह्न राख्ने भन्ने विषयमा आफू जानकार नरहेको बताउँदै उनले काठमाडौंको अनामनगरमा खोलिएको सम्पर्क कार्यालय कुनै गुटको नभई नियमित महाधिवेशनको वकालत गर्ने देशभरिका युवाहरूको भएको र त्यसमा आफ्नो पनि संलग्नता रहेको बताए। काफ्लेले पार्टी स्थापनाकालदेखि नै वि.पी. कोइरालाले प्रश्न गर्न सिकाएको स्मरण गर्दै कांग्रेस धार्मिक संस्थाजस्तो नभई लोकतान्त्रिक पार्टी भएकाले मत–विमत रहिरहने र यसले पार्टीलाई बलियो बनाउने दाबी गरे।

    पार्टीमा कसैले पनि भागबन्डा नखोजेको र नेतृत्वलाई अस्वीकार नगरेको प्रस्ट पार्दै काफ्लेले पार्टी सञ्चालन अदालत वा निर्वाचन आयोगले नभई सानेपास्थित केन्द्रीय कार्यालय र नेतृत्वले नै गर्ने बताए। १५औँ महाधिवेशनको सुनिश्चितता र निष्पक्षता नै अहिलेको प्रमुख विषय भएको उनको भनाइ छ। साथै, क्रियाशील सदस्यता नवीकरणबारे बोल्दै कांग्रेसको सदस्य लिएर अन्य दललाई मतदान वा सहयोग गर्नेहरूका विषयमा गम्भीर बहस सञ्चालन गरी फरक दृष्टिकोणका साथ अगाडि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।


    बुधवार, जेठ ६ २०८३१२:११:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij