Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एमाले प्रमुख सचेतक महरको दाबी - सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी मात्रै

एमाले प्रमुख सचेतक महरको दाबी - सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी मात्रै

  • बुधवार, बैशाख ३० २०८३

  • 242
    SHARES

  • एमाले प्रमुख सचेतक महरको दाबी - सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी मात्रै

    काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कर्मकाण्डी र पपुलिस्ट मात्रै भएको टिप्पणी गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ’नेपाली बहस’मा पत्रकार खेम बमसँग कुराकानी गर्दै महरले सरकारको नीति तथा कार्यक्रम यथार्थपरक नभई केवल शब्दहरूको सङ्ग्रह मात्र भएको बताउनुभयो ।

    सात प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यलाई हचुवाको भरमा ल्याइएको बताउँदै उहाँले स्रोत साधनको पहिचानविना लोकप्रियताका लागि कागजमा जे लेखे पनि कार्यान्वयन हुन नसक्ने दाबी गर्नुभयो । नीति तथा कार्यक्रम ल्याउनुअघि सरोकारवाला र प्रमुख प्रतिपक्षी दलसँग सामान्य छलफलसमेत नगरेर सरकारले स्वेच्छाचारिता देखाएको उहाँको आरोप छ ।

    संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा अर्थमन्त्री निदाएको र प्रधानमन्त्री उठेर हिँडेको प्रसङ्ग उल्लेख गर्दै महरले प्रधानमन्त्रीको व्यवहार संसद्मा अत्यन्तै लज्जास्पद, अपरिपक्व र गैरजिम्मेवार देखिएको बताउनुभयो ।

    एमाले परम्परागत विरोधको शैलीमा नभई रचनात्मक र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न चाहने स्पष्ट पार्दै उहाँले वर्तमान सरकारको नीतिले देशको समस्या समाधान गर्न र संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्रको लक्ष्य पूरा गर्न नसक्ने जिकिर गर्नुभयो ।


    बुधवार, बैशाख ३० २०८३०८:५०:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij