Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय मुद्दामा साझा धारणा र कूटनीतिक चातुर्य आवश्यक छः कांग्रेस प्रवक्ता चालिसे

राष्ट्रिय मुद्दामा साझा धारणा र कूटनीतिक चातुर्य आवश्यक छः कांग्रेस प्रवक्ता चालिसे

  • बुधवार, बैशाख २३ २०८३

  • 251
    SHARES

  • राष्ट्रिय मुद्दामा साझा धारणा र कूटनीतिक चातुर्य आवश्यक छः कांग्रेस प्रवक्ता चालिसे

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले सीमा विवाद र सुकुम्बासी समस्या समाधानका लागि दलहरूबीच साझा धारणा र राष्ट्रिय एकता हुनुपर्नेमा जोड दिएका छन्। नेपाली रेडियो नेटवर्कको कार्यक्रम ’नेपाली बहस’मा कुरा गर्दै चालिसेले सुगौली सन्धि अनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भूमि भएको स्पष्ट पार्दै यस विषयमा सैद्धान्तिक रूपमा नेपाल बलियो रहेको बताए।

    लिम्पियाधुरा त्रिदेशीय जक्सन भएकाले भारतसँग मात्र नभई चीनलाई समेत राखेर त्रिपक्षीय वार्ता गर्नुपर्ने चालिसेको भनाई छ। उनले परराष्ट्र नीतिलाई राजनीतिक भोट बैंक वा सत्ताको भ¥याङ बनाउनु राष्ट्रिय कमजोरी भएको टिप्पणी समेत गरेका छन् ।

    सुकुम्बासी समस्याका बारेमा बोल्दै चालिसेले नागरिकलाई जमिन र आवास उपलब्ध गराउनु राज्यको अभिभावकीय दायित्व भएको बताए । वास्तविक सुकुम्बासी र हुकुम्बासी छुट्याउन एउटा बलियो डाटाबेस सिस्टम आवश्यक रहेको बताउँदै सरकारले केवल कूटनीतिक नोट पठाएर मात्र नपुग्ने बरु सर्वदलीय बैठक र ठोस रणनीतिमार्फत राष्ट्रिय अखण्डता र गरिबको हितको रक्षा गर्नुपर्नेमा जोड दिएका छन्।


    बुधवार, बैशाख २३ २०८३०९:४५:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij