Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

पपुलिस्ट लहर अस्थायी हो, समीक्षा गरेर एमाले छिट्टै सुदृढ हुन्छ - भट्टराई

पपुलिस्ट लहर अस्थायी हो, समीक्षा गरेर एमाले छिट्टै सुदृढ हुन्छ - भट्टराई

  • मंगलवार, बैशाख २२ २०८३

  • 179
    SHARES

  • पपुलिस्ट लहर अस्थायी हो, समीक्षा गरेर एमाले छिट्टै सुदृढ हुन्छ - भट्टराई

    काठमाडौँ । नेकपा एमालेका नेता विशाल भट्टराईले पछिल्लो समय राजनीतिमा देखिएको नयाँ दल र युवा पुस्ताको उदयलाई विश्वव्यापी ’पपुलिस्ट’ (लोकरिझ्याइँ) लहरको संज्ञा दिएका छन्। नेपाली रेडियो नेटवर्कको कार्यक्रम ’नेपाली बहस’मा पत्रकार खेम बमसँग कुराकानी गर्दै नेता भट्टराईले सामाजिक सञ्जाल र अल्गोरिदमको भरमा उदाएका यस्ता शक्तिहरुको प्रभाव अस्थायी हुने दाबी गरेका हुन्।

    भट्टराईले एमालेलाई कमजोर देख्न चाहनेहरुले मात्र यस्तो आतंक फैलाएको जिकिर गरे। उनले भारतको दिल्लीमा अरविन्द केजरीवालको ’आम आदमी पार्टी’को उदाहरण दिँदै राजनीतिमा आउने यस्ता जनलहर सधैँ नरहने बताए।

    निर्वाचनमा पार्टीको नतिजा केही प्रतिकूल आए पनि यसैलाई अन्तिम मान्न नहुने उनको तर्क छ। विगतमा २०६४ साल र २०४९ सालपछिका चुनावमा हार व्यहोर्दा कम्युनिष्ट आन्दोलन सकियो भनिए पनि एमाले देशको ठूलो शक्ति बनेर फर्किएको इतिहास उनले स्मरण गराए।

    हाल पार्टी अध्यक्षको टिचिङ अस्पतालमा उपचार भइरहेको जानकारी दिँदै नेता भट्टराईले उहाँको स्वास्थ्य लाभपछि पार्टीको समग्र अवस्थाबारे व्यापक समीक्षा गरिने बताए। समीक्षापछि पार्टीलाई फेरि दुरुस्त र सुदृढ रूपमा अगाडि बढाउने भन्दै उनले अहिले पार्टीभित्र कुनै ठूलो र भयावह समस्या नरहेको स्पष्ट पारेका छन्।


    मंगलवार, बैशाख २२ २०८३०८:५१:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij