Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सुकुम्बासी व्यवस्थापन गर्दा तथ्यांकमा आधारित हुन सरकारलाई कांग्रेस नेतृ संग्रौलाको सुझाव

सुकुम्बासी व्यवस्थापन गर्दा तथ्यांकमा आधारित हुन सरकारलाई कांग्रेस नेतृ संग्रौलाको सुझाव

  • आइतवार, बैशाख २० २०८३

  • 189
    SHARES

  • सुकुम्बासी व्यवस्थापन गर्दा तथ्यांकमा आधारित हुन सरकारलाई कांग्रेस नेतृ संग्रौलाको सुझाव

    काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले पार्टी सभापति गगन कुमार थापाले सबै पक्षसँग निरन्तर वार्ता र संवाद गरिरहेको बताएकी छन् । आगामी १५औं महाधिवेशनसम्म पार्टीलाई कसरी एकताबद्ध बनाएर लैजाने भन्ने विषयमा कार्यसम्पादन समितिको बैठकले महत्त्वपूर्ण निर्णय गर्ने उनले बताएकी छन् ।

    नेपाली रेडियो नेटवर्कको लोकप्रिय कार्यक्रम ’नेपाली बहस’मा पत्रकार खेम बमसँगको संवाद गर्दै संग्रौलाले पूर्णबहादुर खड्का समूहको असन्तुष्टि र सम्मानजनक उपस्थितिका विषयमा विभिन्न कोणबाट छलफल हुने भए पनि पार्टीमा ’अध्यक्ष मण्डल’ बन्ने सम्भावना भने नरहेको बताएकी छिन् ।

    यसैगरी उनले, बालेन्द्र शाह नेतृत्वको दुई तिहाइ बहुमत नजिकको सरकारले संसद्बाट कानुन नल्याई अध्यादेशमार्फत करिब १५०० नियुक्ति खारेज गरेको शैलीप्रति कांग्रेसको असहमति रहेको बताइन्। यद्यपि, सरकारले नयाँ प्रक्रिया थालेकाले यसै विषयलाई लिएर विरोध नगर्ने र कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्दै जनविरोधी कामको मात्र सदन र सडकबाट प्रतिवाद गर्ने उनको भनाई छ ।

    साथै सुकुम्बासी बस्ती हटाउने अभियानबारे बोल्दै नेतृ संग्रौलाले सुकुम्बासी समस्याको स्थायी समाधान आवश्यक रहेको स्वीकार गरिन् । तर, सरकारले सक्कली र नक्कली सुकुम्बासीको तथ्यांक तयार नगरी एकैचोटि डोजर चलाउँदा नागरिकहरू विचल्लीमा परेको र आत्महत्या गर्न बाध्य भएको भन्दै उनले चिन्ता व्यक्त गरेकी छन् । वास्तविक सुकुम्बासीको यकिन तथ्यांक संकलन गरेर उनीहरूलाई जग्गा र लालपुर्जाको व्यवस्था गरेपछि मात्र बस्ती व्यवस्थापनको काम अघि बढाउन उनले सरकारलाई सुझाव दिएकी छन्।


    आइतवार, बैशाख २० २०८३१०:३५:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij