Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विकास र सुशासनमा सरकारलाई रचनात्मक सहयोग गर्छौ - कांग्रेस नेता राना

विकास र सुशासनमा सरकारलाई रचनात्मक सहयोग गर्छौ - कांग्रेस नेता राना

  • मंगलवार, चैत्र २४ २०८२

  • 197
    SHARES

  • विकास र सुशासनमा सरकारलाई रचनात्मक सहयोग गर्छौ - कांग्रेस नेता राना

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता सन्दीप रानाले मुलुकको विकास र सुशासनका लागि वर्तमान सरकारलाई रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । नेता रानाले सरकारका राम्रा कामको समर्थन गर्ने तर जनविरोधी निर्णयमा खबरदारी गरिरहने स्पष्ट पार्नुभएको छ । उहाँले विशेष गरी आफ्नो निर्वाचन क्षेत्र पाल्पाको पूर्वी भेग र कालीगण्डकी उपत्यकाको समग्र विकासका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको लोकप्रिय कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार खेम बमसँग कुरा गर्दै रानाले आर्यभञ्ज्याङदेखि रामपुरसम्मको सडक खण्डको स्तरोन्नति, खानेपानीको दीर्घकालीन व्यवस्थापन र कालीगण्डकी करिडोरलाई चाँडो सम्पन्न गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताउनुभयो । उहाँले कालीगण्डकी उपत्यकालाई ‘वैदिक स्मार्ट सिटी’ को रूपमा विकास गर्ने आफ्नो परिकल्पना सुनाउँदै यसले धार्मिक पर्यटन र स्थानीय अर्थतन्त्रमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।


    समसामयिक राजनीतिक प्रसङ्गमा बोल्दै नेता रानाले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले चालेका कदमहरू स्वागतयोग्य भए पनि ती कदमहरू प्रतिशोधपूर्ण हुन नहुने धारणा राख्नुभएको छ । भदौ २३ र २४ गतेका घटना तथा विगतका भ्रष्टाचारका फाइलहरू खोल्ने प्रक्रियामा कुनै पनि राजनीतिक दबाब वा पूर्वाग्रह हुन नहुने र दोषी जोसुकै भए पनि कानुनी कठघरामा उभिनुपर्ने उहाँको भनाइ थियो। साथै उहाँले नेपाली कांग्रेसभित्रका सानातिना मतभेदहरूलाई लोकतान्त्रिक अभ्यासको रूपमा लिनुपर्ने र पार्टी आगामी दिनमा थप सशक्त भएर अगाडि बढ्ने दाबी गर्नुभएको छ।


    मंगलवार, चैत्र २४ २०८२०८:२५:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij