Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सुशासनका नाममा प्रतिशोधी राजनीति नगर्न सरकारलाई देवेन्द्र पौडेलको चेतावनी

सुशासनका नाममा प्रतिशोधी राजनीति नगर्न सरकारलाई देवेन्द्र पौडेलको चेतावनी

  • आइतवार, चैत्र २२ २०८२

  • 259
    SHARES

  • सुशासनका नाममा प्रतिशोधी राजनीति नगर्न सरकारलाई देवेन्द्र पौडेलको चेतावनी

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले मुलुकमा सुशासन कायम गर्ने नाममा सरकारले प्रतिशोधी राजनीति र पूर्वाग्रह राखेर काम गर्न नहुने बताउनुभएको छ। नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार खेम बमसँग संवाद गर्दै पौडेलले हालैका निर्वाचन परिणाम र राजनीतिक फेरबदललाई जनताको स्वभाविक चाहनाको रूपमा व्याख्या गर्नुभयो।

    उहाँले विगतमा नेपाली कांग्रेस, एमाले र माओवादीलाई पालैपालो बहुमत दिएका जनताले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई अवसर दिएको भन्दै यसलाई लोकतान्त्रिक प्रक्रियाको नियमित कडीका रूपमा लिनुपर्ने उल्लेख गर्नुभयो ।

    नेता पौडेलले सरकारले गर्ने भ्रष्टाचार नियन्त्रण र सुशासनका हरेक सकारात्मक कदममा आफ्नो पार्टीको समर्थन गर्ने तर, काम गर्ने बहानामा कानुन र संविधानको मर्मविपरीत गएर राजनीतिक प्रतिशोध साँध्ने काम भएमा त्यसले देशमा थप संकट निम्त्याउने तर्क गर्नुभएको छ ।

    नेताहरूको सम्पत्ति शुद्धीकरण सम्बन्धी छानबिनका विषयमा बोल्दै पौडेलले राज्यको उपस्थिति र कानुनको कार्यान्वयन हुनुपर्ने तर त्यो कदम परिपक्व र न्यायसंगत हुनुपर्नेमा जोड दिनुभयो। उहाँले सरकारलाई कुनै पनि व्यक्ति वा समूहप्रति पूर्वाग्रही नभई राष्ट्र, नागरिक र संविधानलाई सर्वोपरी राखेर जिम्मेवार ढंगले अघि बढ्न सुझाव दिनुभएको छ। समग्रमा, उहाँले संवाद र एकताको माध्यमबाट मात्रै मुलुकका विद्यमान आर्थिक र राजनीतिक समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ ।


    आइतवार, चैत्र २२ २०८२०९:१९:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij