Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद् बैठकअघि राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

मन्त्रिपरिषद् बैठकअघि राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

  • बिहिवार, मंसिर १८ २०७७

  • 739
    SHARES

  • मन्त्रिपरिषद् बैठकअघि राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

    प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ ।

    बालुवाटारबाट शीतल निवास पुगेर ओलीले राष्ट्रपति भण्डारीसँग संवाद गर्नुभएको हो । नेकपाको विवादलाई लिएर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितले आफूलाई घेराबन्दी गरेको पृष्ठभूमिमा ‌ओलीले राष्ट्रपतिलाई भेट्नु भएको हो ।

    ओलीको सचिवालयले यो भेटलाई नियमित भनेको छ। बहुमतका नाममा आफूविरुद्ध षडयन्त्र गरेको भन्दै ओली बुधबार बसेको सचिवालय बैठकमा सहभागी हुनु भएन । उहाँले महाधिवेशन नभएसम्म बहुमत–अल्पमतको खेल गर्न नहुने अडान लिनु भएको छ ।

    ओलीले राष्ट्रपतिलाई भेटेपछि आजै अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक पनि बस्ने भएको छ। मन्त्रिपरिषद्का एजेन्डाबारेमा केही पनि सार्वजनिक गरिएको छैन।


    बिहिवार, मंसिर १८ २०७७०१:४५:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij