Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रास्वपा सभापति लामिछानेको बदलिएको शैली, संयम र जिम्मेवाररुपमा प्रस्तुत (खास खबर)

रास्वपा सभापति लामिछानेको बदलिएको शैली, संयम र जिम्मेवाररुपमा प्रस्तुत (खास खबर)

  • बुधवार, चैत्र ४ २०८२

  • 295
    SHARES

  • रास्वपा सभापति लामिछानेको बदलिएको शैली, संयम र जिम्मेवाररुपमा प्रस्तुत (खास खबर)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको शैली बदलिएको छ । प्राय जोशमा आउने लामिछानेले संमयता अपनाउनु भएको छ । उहाँ शान्त, संयम र जिम्मेवार देखिनु भएको छ । चुनावी भाषणहरुमा मतदातालाई उत्तेजक आब्हान गर्नु भएका लामिछानले झण्डै दुई तिहाई बहुहमतपछि शैली परिवर्तनको संकेत गर्नु भएको छ ।

    आफू बदलिने संकेत गर्नु भएका लामिछानेले आफ्ना सांसदहरुलाई कडा निर्देशन दिनु भएको छ । विगतका गलत प्रवृत्तिलाई निरन्तरता दिए सांसद पदबाट फिर्ता बोलाउनेसम्मको चेतावनी दिनु भएको छ । पुराना दल र तिनका नेताहरु प्रति आक्रमक अभिव्यक्ति दिने लामिछानेले इतिहास बनाएकोमा धन्यवाद दिनु भएको छ ।

    अबको भविष्य रास्वपाले बनाउने भन्नु भएको छ । उत्तेजना र आक्रमकता बन्द गर्न निर्देशन दिनु भएको छ । अब नयाँ भूमिकासहित बदलिने संकेत लामिछानेले गर्नु भएको छ । उहाँले आफ्ना सांसदहरुलाई नियत सफा राख्न भन्नु भएको छ । अब कुनै बाहना नचल्ने उहाँको भनाई छ । मन्त्री बन्ने दौडधुप नगर्न लामिछानेले सुझाव दिनु भएको छ ।

    रास्वपा पहिलो पटक संसद प्रवेश गर्न लागेको भने होइन । २०७९ को चुनावमा २१ सिट सहित रास्वपा संसद प्रवेश गरेको थियो । दुईदुई पटक सरकारमा पनि सहभागी भएको हो । लामिछाने नै दुईदुई पटक उपप्रधानमन्त्री एवं गृहमन्त्री बन्नु भएको थियो । उहाँले आफ्नो विगतको अनुभव सुनाउँदै स्वार्थ समुहको घरमा दौडधुप नगर्न निर्देशन दिनु भएको छ ।

    जेनजी आन्दोलनपछिको चुनावमा ३५ वर्ष सत्तामा राज गरेका दलहरुको हरिविजोग नै भएको छ । उनीहरुलाई मतदाताले कि सच्चिन कि सक्किन तयार रहन सन्देश दिएका छन् । तर, अभुतपूर्व बहुमत ल्याएको रास्वपालाई पुराना दललाई जस्तो ३५ वर्ष होइन ३५ ३६ दिन पनि नकुर्ने सभापति लामिछानेले बताउनु भयो ।

    चुनावी भाषणहरुमा अन्तिम इच्छा सोध्न आउनेविरुद्ध मत खसाल्न उत्तेजक आव्हान गर्नु भएका रास्वपा सभापति लामिछानेले दुई तिहाइको भारी बहुमतपछि आफूलाई युटर्न गराउनु भएको छ। पार्टीको नेतृत्वप्रति भरोसा गर्न अपिल गर्नुभएको छ । विपक्षीमाथि तुच्छ शैलीमा जाइलाग्ने क्रम रोक्न आव्हान गर्नु भएको छ । इतिहासको योगदानका लागि पूराना दललाई धन्यवाद दिदै अब भविष्यको जिम्मेवारी रास्वपाले लिने लामिछानेले भन्नु भएको छ ।

    संसद प्रवेश अघि रास्वपाले आफ्ना सांसदहरुलाई दिएको अभिमुखिकरणको समापनमा सभापति लामिछानेले केही तिता, केही मिठा कुराहरु सुनाउनु भएको छ । विगतमा जस्तो उत्तेजक र आक्रमकता देखाउनु भएन । रास्वपा पुरै जनताको काम गर्न उदाएको सन्देश प्रवाह गर्नु भयो । सांसदहरुले पनि सुशासनका लागि मुहान नै सफा गर्न डे वान देखिनै काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

    रास्वपाले जोशमा होस नगुमाउन आफ्ना सांसदहरुलाई सचेत गराएको छ । विगतको रास्वपा र अहिलेको रास्वपाको सन्र्दभ नै फरक छ । मुलधारको राजनीतिमा प्रवेश गरेको रास्वपाले अब विगत होइन वर्तमानमा आफूलाई उभ्याउन सक्नु पर्ने राजनीतिक विश्लेषक डम्बर खतिवडाको भनाई छ ।

    सरकारको नेतृत्व लिने तयारीमा रहेको रास्वपाले १०० बुँदे बाचापत्र देखाएर भोट मागेको थियो । सार्वजनिक सेवा लाइनमा होइन, अनलाइनमा लगायत बाचा पुरा गर्नुपर्ने जिम्मेवारी रास्वपाको काँधमा आएको छ । आज जसरी सभापति लामिछानेले बदलिने संकेत गर्नु भएको छ त्यसैगरी सांसदहरुले पनि जनतासँग गरेको बाचा पुरा गर्न लाग्नु पर्ने आबश्यकता छ ।


    बुधवार, चैत्र ४ २०८२०७:५०:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij