Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आज कांग्रेसका तीन चुनावी सभा हुँदै, सवै कार्यक्रममा सभापति थापा सहभागी हुने

आज कांग्रेसका तीन चुनावी सभा हुँदै, सवै कार्यक्रममा सभापति थापा सहभागी हुने

  • शुक्रवार, फाल्गुण १५ २०८२

  • 317
    SHARES

  • आज कांग्रेसका तीन चुनावी सभा हुँदै, सवै कार्यक्रममा सभापति थापा सहभागी हुने

    काठमाडौं । नेपाली कांग्रेसले आज देशका विभिन्न स्थानमा तीनवटा छुट्टाछुट्टै महत्वपूर्ण कार्यक्रमहरू आयोजना गरेको छ । पार्टीको साङ्गठनिक सुदृढीकरण र समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर यी कार्यक्रमहरू तय गरिएका छन्। निर्वाचनका आउन एक साताभन्दा कम समय रहेका बेला नेपाली कांग्रेसले पनि चुनावी सभाहरुलाई तिव्रता दिएको छ ।

    कांग्रेसले आज अहिले १० बजे रुपन्देहीको बुटवल ११ देवीनगरमा चुनावी सभा गर्दैछ । उक्त कार्यक्रममा पार्टी सभापति गगन थापाले सम्बोधन गर्नुहुनेछ । त्यसैगरी आजै विहान साढे ११ बजे बागलुङमा गगन आवाज कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रमलाई पनि पार्टी सभापति थापाले सम्बोधन गर्नुहुने छ ।

    त्यसैगरी आज नै नेपाली कांग्रेसले कास्कीको पोखरास्थित अमरसिंह चौरमा बृहत चुनावी आमसभा आयोजना गरेको छ । उक्त कार्यक्रमलाई सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    यसअघि सभापति थापाले सुर्खेत र बाँकेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो । सुर्खेतमा उपसभापति पुष्षा भुषाल गौतम समेतले पनि सम्बोधन गर्नुभएको थियो ।


    शुक्रवार, फाल्गुण १५ २०८२१०:०९:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij