काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बोल्दै नबोली सिंगापुर जानु भएको छ । चुनावमा मतदान गर्ने दिन नजिकिदै देउवा सुटुक्क सिंगापुर गएपछि कांग्रेसभित्र खैलाबैला सुरु भएको छ ।
जेनजी आन्दोलनमा भदौ २४ गते निवासमै आक्रमणमा पर्नु भएका देउवा स्वास्थ्य चेकजाच गर्नै पर्ने भए पछि सिंगापुर जानु भएको कांग्रेसका पूर्वमुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । ३ ४ दिनमै देउवा स्वदेश फर्किने उहाँले बताउनु भयो । बोल्दै नबोली जानुको कारणबारे देउवाका पूर्वमुख्यसचिव पौडेलले कांग्रेसलाई जिताउन आग्रह अनुरोध गरेर देउवा उपचारका लागि सिंगापुर जानु भएको बताउनु भयो ।
अब मतदान गर्ने दिन आउन ७ दिन मात्रै बाँकी छ । दलहरुले प्रचार गर्ने दिन मात्र ४ दिन छ । १८ गते मध्यरातिदेखि दल र उम्मेदवारको मौन अवधि सुरु हुनेछ । कुनै पनि दल र उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसार गर्न पाइदैन । दुई कार्यकाल नेपाली कांग्रेसको सभापति बन्नु भएका देउवा छोटो अवधिमा चुनावबारे एक शब्द पनि नबोली निस्कनुलाई विभिन्न कोणबाट टिप्पणी भएका छन् । चुनावमा पार्टीका नेता कार्यकर्ता सबैलाई सम्बोधन हुने गरी देउवाको अपिल मात्रै भए पनि आउने कांग्रेसजनले गरेका छन् ।
विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले कांग्रेसलाई दायाँ बायाँ गर्ने छुट नभएको बताउनु भएको छ । कांग्रेसले गर्ने ठूला चुनावी सभामा देउवाको उपस्थिति हुने भनिए पनि देउवा सुर्खेत र बाँकेको सभा हुने अघिल्लो दिन नै विदेश जानु भयो । किनकी देउवा सिरियस विरामी परेर जानु भएको स्पष्टिकरण देउवाको सचिवालयबाट आएको छ । कर्णालीमा भएको चुनावी सभामार्फत सभापति थापाले सच्चिएको कांग्रेस उड्नका लागि तयार भए पनि जमिन नछोडेको बताउनु भयो ।
६८ राजनीतिक दल र ३ हजार ४०६ उम्मेदवार फागुन २१ गते परीक्षा दिने तयारीमा व्यस्त बनेका छन् । चुनावी तापक्रम पनि बढेको छ । राजनीतिक दलहरुले हरेक चुनावमा इतिहास लेख्ने भन्दै भोट माग्छन् ।
तर, के इतिहास लेखेर फेरी अर्को चुनावमा त्यही नारा घन्काउँछन्, आममतदाताले भेउ पाएका हुँदैनन् । जेनजी आन्दोलनपछि हुन लागेको चुनावलाई दलहरुले प्रतिष्ठाको विषय बनाएका छन् । परीक्षा दिने तयारी गरिरहेका छन् । अब पाँच वर्षपछि परिक्षा दिन नआउने र हरेक महिना रिपोर्ट सार्वजनिक गर्ने मात्रै होइन, मिति नै तोकेर कांग्रेस सभापति गगनकुमार थापाले बैशाख १ गते कांग्रेसको सरकारले देशवासीका नाममा सम्बोधन गर्ने दाबी नै सुनाउनु भएको छ ।
जेनजी आन्दोललनपछिको यो चुनावमा विकल्पको नारा घन्किरहेको छ । परिवर्तनको रटान लगाइएको छ । त्यो विकल्प र परिवर्तन को बाट? दलहरु र उम्मेदवारहरु आफ्नै पार्टी विकल्प र परिवर्तनको पहरेदार भएको दाबी गरिरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिंगदेनले फेरी पनि गल्ती गर्ने कि नगर्ने मतदाताको हातमा च्वाइस रहेको बताउनु भयो ।
नयाँ भनिएकाहरुको फुर्तिफार्तीले पुराना तर नेतृत्व नै परिवर्तन गरेर सच्चिएको भन्नेमा यतिबेला नेपाली कांग्रेस अग्रस्थानमा देखिएको छ । पुरानाहरुले बिगारे भन्ने बाहेक अन्य कुनै विकल्प दिन नसकेकाहरुको विगत कांग्रेस सभापति गगन थापाले कोट्याइदिनु भएको छ ।
परिवर्तनको नारा घन्काइरहेका दलहरु मध्येको एक रास्वपाका सभापति रवि लामिछाने आफ्नो र अर्काको पीडा सुनाउन भुलिएला भन्ने चिन्तामा हुनुहुन्छ । सहकारीको रकम ठगी प्रकरणमा अदालतमा धरौटी बुझाएर रिहा हुनु भएका लामिछानेले आफूहरु अपरिपक्व भएको स्वीकार गर्नु भएको छ । र, परिपक्व हुँदै जाने बताउनु भएको छ ।
चुनावमा दल र उम्मेदवारहरुको तापक्रम बढ्दै गएको छ । सिटामोलले निको हुने रोग भए पनि एन्टिबायोटिक नै प्रयोग गर्न थालिएको देखिएको छ । नेताहरुका दन्तबझानले यस्तै संकेत गरेका छन् । नेतारुहरुको कुरा सुनिरहेका मतदाता अन्तिम निर्णय गर्ने फागुन २१ पर्खिरहेका छन् । मतदाताले शान्ति, स्वतन्त्रपूर्वक विवेकको मत प्रयोग गर्दा बाधा अड्चन नआओस भन्ने एउटै कामना गरेका छन् । र, चुनाव शान्तिपूर्ण, मतदाताको सुरक्षासहित सम्पन्न हुने विश्वास पनि गरेका छन् ।