Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

चुनावको तयारी अन्तिम चरणमा, सुरक्षा बलियो अवस्थामा रहेको आयोगको दावी, मतदातालाई ढुक्क हुन आग्रह (खासखबर)

चुनावको तयारी अन्तिम चरणमा, सुरक्षा बलियो अवस्थामा रहेको आयोगको दावी, मतदातालाई ढुक्क हुन आग्रह (खासखबर)

  • बुधवार, फाल्गुण १३ २०८२

  • 303
    SHARES

  • चुनावको तयारी अन्तिम चरणमा, सुरक्षा बलियो अवस्थामा रहेको आयोगको दावी, मतदातालाई ढुक्क हुन आग्रह (खासखबर)

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचन आउन अव मात्र ८ दिन बाँकी छ । निर्वाचन आयोगले आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र सुरक्षित बनाउन सुरक्षा व्यवस्था बलियो बनाइएको छ । आयोगले देशभर तीन तहको सुरक्षा प्रबन्ध मिलाइएको जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहकार्यमा मतदान केन्द्रदेखि मतपेटिका ढुवानीसम्म कडा सुरक्षा व्यवस्था गरिएको छ ।

    फागुन २१ म हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पु¥याइएको छ । अहिले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिनुभएको छ ।

    निर्वाचन आयोगले मतदातालाई ढुक्क र निडर भई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरिरहेको छ । साथै, कुनै किसिमको डर, त्रास वा प्रलोभनमा नपरी स्वतन्त्र रूपमा मतदान गर्न आयोगले अनुरोध गरेको छ ।

    निर्वाचनलाई प्रभावित पार्न सक्ने कुनै पनि गतिविधिलाई नियन्त्रण गर्न विशेष सुरक्षा सतर्कता अपनाइएको आयोगले जनाएको छ । संवेदनशील क्षेत्रहरूमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ भने आकस्मिक परिस्थितिका लागि तत्काल प्रतिक्रिया टोली पनि तयारी अवस्थामा राखिएको आयोगले जानकारी दिएको छ ।

    आयोग र उच्च स्तरीय निर्वाचन सुरक्षा समितिबीच निर्वाचनमा आउन सक्ने सुरक्षा चुनौती र त्यसको समाधानका विषयमा छलफल भएको छ । सुरक्षाकर्मीले सक्रिय रूपमा काम गरिरहेको ब्रिफिङ गरेको भन्दै आयोगले अव मतदाता थप ढुक्क हुने अवस्था सृजना भएको प्रवक्ता नारायणप्रसाद भट्टराई बताउनुहुन्छ ।

    निर्वाचनका लागि सुरक्षा व्यवस्था बलियो रहेका, सबै राजनीतिक दलहरुले आफ्नो गतिविधि शान्तिपूर्ण ढंगबाट सञ्चालन गर्न र मतदाताले निर्भयपूर्वक मतदान गर्न अनुकूल वातावरण रहेको आयोगको भनाई छ ।

    फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन भन्दाअघि सीमा नाका सिल हुने भएका छन् ।मतदानअघि मादक पदार्थ बेचबिखनमा रोक लगाउनेदेखि होली पर्व र हिमाली जिल्लामा हिँउ परिरहेको र त्यसबाट निर्वाचनमा खटिने सुरक्षाकर्मी तथा कर्मचारीलाई लेक लाग्ने लगायतका निर्वाचनका चुनौती छन् ।

    देश निर्वाचनमय भईरहेको छ । जनता फागुन २१ को व्यग्र प्रतिक्षामा छन् । मतदाता मत हाल्न उत्साहीत छन् । नेपाल सरकारका पूर्व सचिव द्वारीकानाथ ढुंगेलका अनुसार सरकारले चुनावका लागि गरेको सुरक्षा व्यवस्था राम्रो छ ।
    यता, राजनितीक विश्लेषक प्राध्यापक डा खिला सापकोटा चुनावी सुरक्षा सहरमा राम्रो भए पनि अझै पनि गाँउगाँउमा सुरक्षा प्रवन्ध त्यति नपुगेको तर्क गर्नुहुन्छ । जनताले ढुक्कसंग मतदान गर्ने वातावरण मिलाउन उहाँको आग्रह छ ।

    निर्वाचन हुदैन भन्ने अफवाह र शंका अझै पनि एक दुई राजनितिक व्यक्तित्वमा भएपनि हल्लाका पछाडि नलाग्न पूर्व सचिव ढुंगेल आग्रह गर्नुहुन्छ । चुनाव शान्तिपुर्ण रुपमा हुने उहाँको विश्वास छ ।

    निर्वाचन आयोगले तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क रहन आग्रह गर्दै सुरक्षा व्यवस्था बलियो बनाइएको जनाएको छ । तीन तहको सुरक्षा प्रबन्ध मिलाइएको छ र मतदातालाई कुनै डर वा त्रास बिना ढुक्क भएर मतदान गर्न अनुरोध गरिएको छ । आयोगले सबै पक्षको सहकार्यमा शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित निर्वाचन सम्पन्न गरिने विश्वास व्यक्त गरेको छ ।

    अव, सरकारले ढुक्क भएर निर्वाचनमा भोट हाल्ने वातावरण बनाउन सुरक्षा व्यवस्था थप मजबुत बनाउनुपर्ने देखिन्छ ।सम्भावित जोखिम क्षेत्र पहिचान गरी त्यहाँ सुरक्षाकर्मीको उपस्थिति बढाउनुपर्ने, निष्पक्ष र शान्तिपूर्ण मतदानको प्रत्याभूति दिन कडाइका साथ कानुन कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ ।

    साथै, मतदातामा विश्वास जगाउन निर्वाचन आयोगसँग समन्वय गर्दै पारदर्शी सूचना प्रवाह, द्रुत गुनासो व्यवस्थापन र प्रभावकारी अनुगमन प्रणाली सञ्चालन गर्नु जरुरी छ । यिनै प्रयासबाट मात्रै नागरिकले ढुक्कका साथ मतदान प्रक्रियामा सहभागी हुने वातावरण निर्माण हुन सक्नेछ ।


    बुधवार, फाल्गुण १३ २०८२०७:४१:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij