Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एकै चरणमा निर्वाचन गर्न सरकारलाई दवाब, हिमपातको जोखिम पनि कम, ’एकैपटक, एकैचरण’मा सरकारको लक्ष्य (खासखबर)

एकै चरणमा निर्वाचन गर्न सरकारलाई दवाब, हिमपातको जोखिम पनि कम, ’एकैपटक, एकैचरण’मा सरकारको लक्ष्य (खासखबर)

  • शुक्रवार, माघ २३ २०८२

  • 462
    SHARES

  • एकै चरणमा निर्वाचन गर्न सरकारलाई दवाब, हिमपातको जोखिम पनि कम, ’एकैपटक, एकैचरण’मा सरकारको लक्ष्य (खासखबर)
    काठमाडौं। सरकारलाई आसन्न फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन एकैचरणमा सम्पन्न गर्न चौतर्फी रुपमा दवाव बढ्दै गएको छ। यसअघी प्रधानमन्त्री तथा केही मन्त्रीहरुबाटै हिमाली क्षेत्र तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुने जोखीम कायम रहेकोले कुनै क्षेत्रमा सुरक्षाका कारणले पनि दोश्रो चरणमा निर्वाचन गर्नुपर्ने परिस्थिति आउन सक्ने अभिव्यक्ति आएपछी विरोध सुरु भएको थियो। 
     
    एकैचरणमा निर्वाचन सम्पन्न नभए निर्वाचनको विश्वसनियतामाथी प्रश्न उठ्न सक्ने भएकोले जुनसुकै हालतमा पनि एकैचरणमा एकैपटक निर्वाचन सम्पन्न गर्नुपर्ने भन्दै राजनैतीक दलका नेता कार्यकर्तादेखी राष्ट्रिय सभा सांसदहरुले सदनबाटै विरोध र आपक्ति जनाएका छन्। 
     
    निार्वाचनका सन्दर्भमा अन्तरिम सरकारका जिम्मेवार व्यक्तिहरुबाटै आशंका बढेपछी अधिकांश दलहरुले सार्वजनीक तथा सरकारसमक्ष नै निर्वाचनको विश्वसनियता र चुनाबी वातावरणको विषयमा प्रश्न उठाउँदै आएका थिए भने आज राष्ट्रियसभाको बैठकमा सांसदहरुले पनि सरकारको जवाफ खोजेका थिए। 
     
    राष्ट्रियसभा सदस्य सुमित्रा बिसीले स्वयं प्रधानमन्त्री कार्कीले नै निर्वाचन दुई चरणमा पनि हुनसक्छ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभयो। तोकिएको मितिमा एकैपटक देशैभरी सम्पन्न गर्न सरकारलाई सचेत गराउँदै उहाँले निष्पक्ष, स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि पनि ध्यानाकर्षण गराउनुभयो। 
     
    अर्कातिर हिमालि तथा उच्च पहाडी जिल्लाहरुमा हिमपातको जोखिम मानिएकोमा आज मौसम पूर्वानुमान महाशाखाले पनि विगतको अनुभव हेर्दा मौसम खुल्दै जाने समय रहेकोले हिमपातको जोखिम कम रहेको बताएपछी सरकार पनि एकैचरणमा निर्वाचन सम्पन्न गर्ने गरी अगाडी बढ्नुपर्ने दवाबमा पुगेको छ।  
     
    निर्वाचन निर्धारित समयमै, एकचरणमा र एकैपटक सम्पन्न गर्नैपर्ने माग चौतर्फी बढेपछी अन्तत सरकार पनि विगतमा सार्ने अथवा दुईचरणमा सम्पन्न गर्ने बताएपनि  अहिले दवाबअनुसार नै अगाडी बढेको छ। 
     
    स्वयं प्रधानमन्त्री सुशीला कार्कीले सरकार देशभर शान्तपूर्ण रुपमा एकैसाथ एकै चरणमा निर्वाचन सम्पन्न गर्ने ध्येयकासाथ अगाडी बढेको र आवश्यक सबै तयारी तथा व्यवस्थापन सम्पन्न गरिसकेको बताउनुहुन्छ। निर्वाचनको तयारी सबै सकिएको र मतदाताले अब छाप लाउन मात्रै बाँकी रहेकोले बताउँदै उहाँले कुनै पनि जिल्लामा दोस्रो चरणमा मतदान गर्नु नपर्ने बताउनुभयो। 
     
    चुनाव तोकिएकै मितिमा एकैदिन हुनेगरी देशैभर चुनाबी माहौल बनेको र मौसम पनि अनुकूल हुने विश्वास व्यक्त गर्दै उहाँले अब छिटै नयाँ सरकार बन्ने र आफूहरु घर फर्कने बताउनुभयो।
     
    यस्तै, गृहमन्त्री ओमप्रकाश अर्यालले पनि देशभर चुनावी माहोल बन्दै गएकोले तोकिएकै मितिमा शान्तिपूर्ण रुपमा निर्वाचन हुनेमा सबैलाई ढुक्क हुन आग्रह गर्नुभयो। वर्तमान सरकार नागरिकको सुरक्षाप्रति पूर्ण प्रतिबद्ध रहेको बताउँदै गृहमन्त्री अर्यालले निर्वाचन हिमाली जिल्लामा हिमपात र तराई मधेशमा होलीका कारण रोकिने भन्ने हल्लामा नलाग्न आह्वान गर्नुभयो। 
     
    मौसमले पनि असर गर्ने सम्भावना नरहेको जानकारी पाएको र होली पनि शान्तीपूर्ण रुपमा मनाउँदै निर्वाचनमा सहभागी हुनुपर्छ तथा देश र संविधान जोगाउनुपर्छ भन्नेमा सबै मतदाता जानकार रहेकोले एकैपटक र निर्धारित समयमै निर्वाचन सम्पन्न हुने दाबी गर्नुभयो। 
     
    यस्तै, उता मौसम पूर्वानुमान महाशाखाले पनि विगतको अनुभव हेर्दा फागुन २१ मा ठुलो हिमपात भएर निर्वाचन विथोल्ने अवस्था नरहेकोले सजगताका साथ निर्वाचनको तयारी अगाडी बढाउन सुझाव दिएको छ। वरिष्ठ मौसमविद् वरुण पौडेलले यो समय विस्तारै आकाश खुल्दै जाने भएकोले र विगतको अनुभव हेर्दा पनि हिमपात र वर्षाको अनुभव नरहेकोले निर्वाचनका लागि डराउनु पर्ने अवस्था नरहेको बताउनुहुन्छ। 
     
    विभागले निर्वाचन आयोगलाई चुनावको एकहप्ता पहिलेदेखी नै क्लोजली मनिटरिङ्ग गरी विषेश जानकारी दिने गरी अगाडी बढिरहेको भन्दै उहाँले श्रोत साधन र क्षमताको पूर्ण प्रयोग गरीने भएकोले विश्वस्त रहन आग्रह गर्नुभयो।
     
    जेनजी आन्दोलनले उत्पन्न विसम परिस्थितिमा हुन लागेको यो निर्वाचनलाई लिएर विभिन्न शंका आशंका हुँदै आएका थिए। तीनै आशंकामध्ये स्वच्छ, निष्पक्ष, र भयरहित वातावरणमा विश्वसनीय रुपमा निर्वाचन हुनेमा मुख्य चिन्ता थियो। यसैलाई लिएर हिमाली जिल्लामा हिमपात र तराईमा होलीको कारण देखाएर दुई चरणमा निर्वाचन गर्ने रणनीति सरकारले बनाएको टिप्पणी पनि हुँदै आएको थियो। 
     
    जसकारण दुई चरणमा चुनाब गर्दा निर्वाचनको विश्वसनियतामाथी प्रश्न उठ्ने भन्दै निर्धारित समयमै त्यो पनि एकै चरणमा निर्वाचन सम्पन्न गर्नुपर्ने सरकारमाथी दवाब बढेको हो। जसले सोहीअनुसार व्यवस्थापन र तयारीको काम सम्पन्न गर्नेगरी सरकारले अगाडी बढेको हो। 
     
    अब आगामी फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनेतर्फ उमेदवार, मतदाता, राजनैतिक दल तथा सरोकारवाला सबै पक्ष लाग्न जरुरी छ। 

     


    शुक्रवार, माघ २३ २०८२०८:१५:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij