काठमाडौं। आसन्न फागुन २१ गतेका लागि तय प्रतिनिधि सभा सदस्य निर्वाचन आउन अब ठिक चार हप्ता अर्थात २८ दिनमात्रै बाँकी छ। उक्त निर्वाचनका लागि आचारसंहिता लागु गरेको निर्वाचन आयोगले अनुमगमनमा विषेश सक्रियता बढाएको छ।
निर्वाचनको मिति नजिकिँदै गएसँगै आयोगले आचारसंहिता उल्लङ्घनका घटना बढ्ने विगतको नजिरलाई मध्यनजर गरेर अनुगमन तथा निगरानी बढाएको हो। यसपटक आयोगले सामाजिक सञ्जालमार्फत बढी आचारसंहिता उल्लङ्घनका गतिविधि बढी हुने भएकाले विषेश मध्यनजर राखेर निगरानी बढाएको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गराउन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि फेसबुक, टिकटक, युटुब, एक्सजस्ता सामाजिक सञ्जालबाट प्रवाह हुने मिथ्या सूचना र दुष्प्रचार रोक्ने उद्देश्यले आयोगले विषेश निगरानी बढाएको हो।
निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यले सामाजिक सञ्जालमा एकाउन्ट सञ्चालन गर्न वा नक्कली साइट खोल्न, ‘आर्टिफिसियल इन्टिलिजेन्स’ (एआई)को प्रयोग गरी वा अन्य माध्यमबाट चुनाब बिथोल्ने गरी होच्याउन, दुष्प्रचार गर्ने काम गर्न, भ्रामक सूचना सम्प्रेषण गर्न, अपमान गर्न, द्वेषपूर्ण भाषणजस्ता भ्रामक टीकाटिप्पणी गर्न गराउन, अन्य प्रयोजनमा प्रकाशित सामग्रीलाई तोडमोड गरी पोष्ट, रिपोस्ट, कमेन्ट प्रतिकमेन्ट, लाइभ स्टिमिङ, ट्याग वा मेन्सनलगायतका कार्य गर्न वा गराउन नपाइने व्यवस्था आचारसंहितामा समावेश छ।
तरपनि आचारसंहिता विपरित उमेदवार वा निर्वाचनलाई प्रभाव पार्नेगरी सामाजिक सञ्जालमा गतिविधि सक्रिय हुन थालेपछी आयोगले विषेश निगरानी बढाएको हो। भने निर्वाचन लक्षित तथा आचारसंहिताको प्रभावकारी कार्यान्वायनका लागि मानव अधिकार आयोगदेखी अन्य सरोकारवाला पक्षले पनि यसमा विषेश सक्रियता बढाएका छन्।
निर्वाचनमा प्रविधि तथा सामाजिक सञ्जालको दुरुपयोगले निर्वाचन प्रक्रियालाई बिथोल्न सक्नेतर्फ चिन्ता व्यक्त गर्दै आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रविधि र सामाजिक सञ्जालमार्फत हुने दुरुपयोग रोक्न सबै पक्षबाट सजगता अपनाउनुपर्नेमा जोड दिनुभयो।
निर्वाचन आयोगले आगामी निर्वाचनमा सामाजिक सञ्जाल प्लेटफर्महरूसँग समन्वय गरी गलत सूचना, भ्रम फैलाउने सामग्री तथा निर्वाचन आचारसंहिताविपरीतका क्रियाकलाप नियन्त्रण गर्न प्रयास गरिरहेको सन्दर्भमा टिकटकजस्ता प्लेटफर्महरूबाट प्राप्त सहयोगको प्रतिवद्धतामा सह्राना व्यक्त गर्नुभयो।
यस्तै यस्तै राष्ट्रिय मानव अधिकार आयोगले पनि आगामी निर्वाचनलाई निष्पक्ष, भयरहित र मानव अधिकारमैत्री बनाउन निर्वाचनको अनुगमनको तयारी सुरु गरेको छ।
निर्वाचनको समयमा हुने मानव अधिकार उल्लंघनदेखी निर्वाचन आचारसंहिता अनुमगनमा विषेश प्राथमिकता राखेको आयोगले मतदानको दिन पनि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती र सुत्केरी महिलाहरूका लागि मतदान केन्द्रमा विशेष र सहज पहुँचको व्यवस्थापन भैरहेको छ की छैन विषयसम्म अनुगमन गर्ने आयोगका अध्यक्ष तपबहादुर मगरले जानकारी दिनुभयो।
आयोगले सामाजिक सञ्जाल तथा प्रविधिको दुरुपयोग गरी हुने मिसइन्फर्मेसन तथा डिसइन्फर्मेसन र डिपफेकजस्ता गतिविधिमा पनि निगरानी बढाउनुपर्नेमा उहाँको जोड छ।
यस्तै सरकारले पनि आचारसंहिता अनुगमन तथा निर्वाचन सुरक्षा विषेश प्राथमिकतामा राखिएको दाबी गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सबै क्षेत्रबाट सुरक्षीत, स्वच्छ, निष्पक्ष, भयरहित र विश्वसनिय रुपमा सम्पन्न हुने दाबी गर्दै सम्पूर्ण सुरक्षा र अनुगमनमा प्रभावकारी भुमिका निर्वाह गर्न प्रहरी प्रशासनलाई निर्देशन दिनुभयो।
प्रहरीले आफ्नो व्यवसायीक दक्षता तथा अनुभवको प्रयोग गरेर विगतका निर्वाचनमा जस्तै यसपटकको निर्वाचन पनि सफलतापूर्वक सम्पन्न गर्ने उहाँको विश्वास छ।
यस्तै निर्वाचन आयोगले पनि आचारसंहिता अनुगमनमा विशेष निगरानी बढाएको र अनुगमनका लागि सबै जिल्लामा विशेष टोली परिचालन गरिएकोले आचारसंहिता विपरितका गतिविधि सबै कानुनी दायरामा आउने दाबी गरेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आचारसंहिता उल्लङ्घन गर्ने सबैलाई कानुनअनुसार स्पष्टिकरण सोधी चित्तबुझ्दो जवाफ नआएको खण्डमा कारबाहीको दायरामा ल्याउने दाबी गर्नुभयो।आयोगले यसपटक प्रविधि र सामाजिक सञ्जालमार्फत हुने आचारसंहिता उल्लङ्घन र आर्थीक गतिविधिमा विषेश निगरानी राखेको उहाँको जिकिर छ।
निर्वाचनलाई तोकिएकै समयमा शान्तिपूर्ण र भयरहित वातावरणमा विश्वसनिय ढंगबाट सम्पन्न गराउन आयोगले आचारसंहिता जारी गरेको छ। तर बढ्दो प्रविधि र सामाजिक सञ्जालको प्रयोगसँगै आचारसंहिता विपरितका गतिविधि पनि बढ्ने भएकोले यसपटक आयोग, सरकार तथा सरोकारवाला निकायले पनि सामाजिक सञ्जालमाथी विषेश निगरानी बढाएका हुन्।
खासगरी निर्वाचनलाई विश्वसनिय रुपमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु गराउनु आम राजनैतीक दल, उमेदवार, मतदातादेखी सरोकारवाला सबै पक्षको दायीत्व पनि हो। तसर्थ सबै पक्षले सामाजिक सञ्जालमार्फत कुनैपनि गतिविधी गर्दा निर्वाचन आचारसंहिता ख्याल गर्न जरुरी छ।