काठमाडौं । तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई गिरफ्तार गरेको घटनाप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चर्को विरोध जनाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै नेता पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भएको आरोप लगाउनुु भएको छ ।
उहाँले घटना आपत्तिजनक एवं निन्दनीय भएको भन्दै सरकारको यो प्रवृत्तिविरुद्ध देशव्यापी विरोध हुने चेतावनी समेत दिनुुभएको छ ।
सभापति देउवाले नेता पौडेललाई तत्काल रिहा नगरे परिस्थितिको सामना गर्न सरकारलाई तयार भएर बस्न चेतावनीसमेत दिनुुभएको छ ।
यसैबिच, कांग्रेस नेता शेखर कोइरालाले पौडेललाई नियन्त्रणमा लिएर प्रशासनले कानुनको धज्जी उडाएको बताउनुु भएको छ ।