काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशसरण महतले तत्काल संघीय संसदको विशेष अधिवेशन बोलाउन माग गर्नुभएको छ ।
आज वीरगञ्जमा आयोजित एक कार्यक्रममा उहाँले जनताको समस्या राख्ने र सरकारलाई जवाहदेही बनाउने मुख्य थलो संसदलाई बन्द गरिराख्न उचित नहुने भन्दै तत्काल विशेष अधिवेशन बोलाउन माग गर्नुभएको हो । देशभित्र उठेका प्रश्नको जवाफ सरकारले संसदको विशेष अधिवेशनमा दिनुपर्ने उहाँको भनाई छ ।
कोरोना संक्रमण रोकथाम र उपचारमा सरकारले खेलेको भूमिकाबारे प्रश्न उठिरहेको बताउँदै उहाँले संक्रमितको उपचारका लागि पैसा छैन भन्ने तर पार्टीका नेताको व्यवस्थापनका लागि सामान खरिदमा करोडौं संस्थागत भ्रष्टाचार गर्ने भन्दै प्रश्न गर्नुभयो
मुलुकमा भएका भ्रष्टाचार र बेथितिको विरोध गरेकै कारण संसद नै बन्द गरेर लोकतन्त्रलाई बन्धक बनाएर राखिएको उहाँको आरोप रहेको छ ।