Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आसन्न निर्वाचनका लागि मनोनयन दर्ता, करिब साढे तीन हजार बढीको उमेदवारी, आचारसंहिता परिपालनामा आयोगको आह्वान (खासखबर)

आसन्न निर्वाचनका लागि मनोनयन दर्ता, करिब साढे तीन हजार बढीको उमेदवारी, आचारसंहिता परिपालनामा आयोगको आह्वान (खासखबर)

  • मंगलवार, माघ ६ २०८२

  • 502
    SHARES

  • आसन्न निर्वाचनका लागि मनोनयन दर्ता, करिब साढे तीन हजार बढीको उमेदवारी, आचारसंहिता परिपालनामा आयोगको आह्वान (खासखबर)
    काठमाडौं। आसन्न निर्वाचनका लागि आज देशैभर उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारहरुको मनोनयनपत्र दर्ता भएको छ। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)तर्फको उम्मेदवारीको मनोनयनपत्र दर्ताको मिति आजका लागि निर्धारण गरेको थियो। 

    आयोगले तोकेको समयावधी बिहान १० देखि साँझ ५ बजेसम्म उमेदवारहरुले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उमेदवारी दर्ता गरेका हुन्। जसअनुसार १६५ स्थानका  लागि राजनीतिक दल र स्वतन्त्रबाट गरी यो समाचार तयार पार्दासम्म करिब साढे उम्मेदवारले आफूले चाहेको क्षेत्रका लागि निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयनपत्र दर्ता गराएका छन्। 

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । अझै कतिपय निर्वाचन क्षेत्रमा रुजुको काम भइरहेकाले यसमा केही बढ्न सक्ने अनुमान छ। 

    यसपटक कम दर्ता भएको मुस्ताङमा चार वटा र सबैभन्दा बढी उम्मेदवारी दर्ता भएको रुपन्देही निर्वाचन क्षेत्र नं २ र ३ मा ३५÷३५उम्मेदवारी दर्ता भएको छ। आज बिहान १० देखि बेलुकी ५ बजेसम्म उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको थियो ।

    उम्मेदवारी दर्ताका लागि नागरिकता वा मतदाता परिचयत्रपत्रसहित १३ प्रकारका कागजात साथमा लिएर आउन आयोगले आह्वान गरेको थियो। आयोगले अपेक्षाअनुसार नै सामान्यतया शान्तिपूर्ण रुपमै उम्मेदवारी दर्ताको काम भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो। 

    भटराईले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने सबैको दायीत्व भएकोले राजनैतिक दल, उमेदवार र मतदाता लगाएत सरोकारवालाहरु सबैबाट आवश्यक सहयोग मिल्ने विश्वास पनि व्यक्त गर्नुभयो। 

    यस्तै यता सरकारले पनि निर्वाचनलाई शान्तिपूर्ण रुपमा र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा संयन्त्र प्रयोग गर्ने तयारी रहेको बताएको छ। गृहमन्त्रालयका अनुसार सुरक्षा संयन्त्रसँगै चुनावको समयमा हुनसक्ने गलत सूचना रोक्न र सामाजिक सञ्जालको नियमन गर्न प्रत्येक जिल्ला प्रहरी कार्यालय९जिप्रका०मा साइबर डेस्कसमेत स्थापना गरिएको गृहसचिव राजकुमार श्रेष्ठले बताउनुभयो। 

    यस्तै गृहमन्त्री ओमप्रकाश अर्यालले पनि सरकारले निष्पक्ष भएर निर्वाचन गराउने दाबी गर्नुभयो। नागरिक सरकार निष्पक्ष एवं तटस्थ हुने र त्यहीअनुसार निर्वाचन गर्ने भएकोले निष्पक्षताको प्रत्याभूतिको विश्वास दिलाउनुभयो। त्यसमाथी वर्तमान प्रधानमन्त्री आँफै न्यायमूर्ति अर्थात पूर्वप्रधानन्यायाधिस रहेकोलेदलीय पक्षधरताबाट मुक्त र निष्पक्ष निर्वाचन गराउने जिकिर गर्नुभयो। 

    जेनजी आन्दोलनपछी उत्पन्न परिस्थितिको सामना गर्न गठीत पूर्वप्रधानन्यायाधिस सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति घोषणा गरेपछी चुनाबी तयारी सुरु गरिएको थियो। 
    जसअनुसार आज उमेदवारको मनोनयन दर्ता गरिएको हो।



    मंगलवार, माघ ६ २०८२०८:१७:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij