Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेस विषेश महाधिवेशनः बन्दसत्रसहित यस्तो छ आजको तालिका...

कांग्रेस विषेश महाधिवेशनः बन्दसत्रसहित यस्तो छ आजको तालिका...

  • सोमवार, पौष २८ २०८२

  • 714
    SHARES

  • कांग्रेस विषेश महाधिवेशनः बन्दसत्रसहित यस्तो छ आजको तालिका...
    काठमाडौं । नेपाली कांग्रेसको विषेश महाधिवेशनअन्तर्गत आज बन्द सत्र सुरु हुँदैछ। काठमाडौंको भृकुटिमण्डपमा हिजोदेखी सुरु भएको विषेश महाधिवेशनअन्तर्गत आज बन्द सत्र सुरु गर्ने कार्यतालिका तय गरिएको हो।
     
    महाधिवेशन प्रचार प्रसार समिति संयोजक सुभास पोखरेलका अनुसार भृकुटिमण्डपस्थीत हलमा बिहान आठ बजेदेखी बन्दसत्र सुरु हुने छ। आज बन्द सत्रको सुरुमा विषेश महाधिवेशनको कार्याविधि बनाउने तालिका रहेको छ भने त्यसपछी नौ वटा समुह निर्माण गरेर चार वटा विषयमाथी नीति मन्थन हुनेछ। 
     
    चार विषयहरु मध्ये विधान संशोधन, नीति र नेतृत्व, शासकिय सुधार र समसामयीक विषयमाथी बृहत छलफल हुने पोखरेलले जानकारी दिनुभयो। 
     
    नीति मन्थनपछी नेतृत्व परिवर्तन गर्ने या नगर्ने भन्नेबारे बृहत छलफल हुनेछ यदि नेतृन्व परिवर्तनको पक्षमा निर्णय भएमा निर्वाचन समिति गठन गरी थप प्रक्रिया बढाईने पोखरेलले बताउनुभयो। नयाँ कार्यसमिति निविरोध हुने सम्भावना रहेकोले मतदान गर्नुनपर्ने पोखरेलको धारणा छ। 
     
    यसैबिच, महाधिवेशन प्रतिनिधीको दर्ता कार्यक्रम आज बिहान ११ बजेसम्म जारी रहने छ। क्षेत्र तथा जिल्ला समन्वय समिति संयोजक युवराज पाण्डेका अनुसार विभिन्न जिल्लाबाट अधिकांश प्रतिनिधीहरु आज बिहान मात्रै आइपुगेकोले उनिहरुले बिहान ११ बजेसम्म दर्ता गर्न पाउने व्यवस्था मिलाईएको हो। 

     


    सोमवार, पौष २८ २०८२०७:०५:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij