Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

संस्थापन पक्षको अस्वीकारकाबीच कांग्रेस विशेष महाधिवेशन सुरु, गगन–विश्वलाई अग्रज देखि नयाँ पुस्तासम्मको अपार समर्थन, अव पुरानै ढंगले नयाँ यात्रा गर्न नसकिने निचोड (खासखबर)

संस्थापन पक्षको अस्वीकारकाबीच कांग्रेस विशेष महाधिवेशन सुरु, गगन–विश्वलाई अग्रज देखि नयाँ पुस्तासम्मको अपार समर्थन, अव पुरानै ढंगले नयाँ यात्रा गर्न नसकिने निचोड (खासखबर)

  • आइतवार, पौष २७ २०८२

  • 377
    SHARES

  • संस्थापन पक्षको अस्वीकारकाबीच कांग्रेस विशेष महाधिवेशन सुरु, गगन–विश्वलाई अग्रज देखि नयाँ पुस्तासम्मको अपार समर्थन, अव पुरानै ढंगले नयाँ यात्रा गर्न नसकिने निचोड (खासखबर)

    काठमाडौं । पार्टीको संस्थापन पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गरिरहेको कठिन अवस्थाका बीचमा नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन पार्टी महामन्त्रीद्वयले नै गर्नुभयो ।

    भृकुटीमण्डपमा आज प्रतिनिधि खचाखच देखिएका थिए । महाधिवेशनस्थलको भिड र उत्साहले महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मालाई अपार समर्थन प्राप्त भएको देखिएको थियो ।मध्यमार्गी प्रयास गरिरहेका देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि आज महाधिवेशन स्थलमा सहभागी हुनुभएको थियो । सवैको एकमत छ, पार्टीलाई गुटवन्दीबाट अन्त्य गरौं ।

    नयाँ आवाज उठिरहेको छ । नयाँ पुस्ताले अव पार्टीको नेतृत्व गर्नुपर्छ र देशभर पनि नविन विचार भएको नयाँ नेतृत्व आउनुपर्छ ।विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विशेष महाधिवेशनको बन्दसत्रमा सभापतिसहित नेता उपस्थित हुने विश्वास व्यक्त गर्नुहुन्छ । हलले जे स्थापना गर्ने भन्छ त्यही हुन्छ ।

    कांग्रेसको विधानमा महाधिवेशनभन्दा ठूलो केही होइन,’ थापाको भनाई छ । ‘महाधिवेशनले चाहेमा नेता पनि छान्छ र नेतृत्व बदल्छ पनि । विधान पनि बदल्छ । त्यो अधिकार राख्नेको भेला हो यो ।’महामन्त्री थापाको भनाई छ । थापाले कांग्रेसमा पार्टीमा अव कोही मालिक र कोही दास नहुने भन्दै पार्टी सभापतिदेखि सदस्यसम्म सबैको हैसियत बराबर हुने बताउनुहुन्छ ।

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब पुरानै ढंगले नयाँ यात्रा गर्न नसकिने बताउनुहुन्छ । उहाँले पुरानै शैलीमा नयाँ भविष्य बनाउन नसकिने बताउनुभयो । कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले नियमित महाधिवेशन अवरुद्ध भएपछि विशेष महाधिवेशन अघि बढेको बताउनुहुन्छ ।

    संस्थापन पक्षका नेपाली कांग्रेसका पूर्वकार्यबाहक सभापति गोपालमान श्रेष्ठ अहिले विशेष महाधिवेशनको पक्षमा खुलेर आउनुभएको छ । अव नयाँ पुस्ताले पार्टीको नेतृत्व गर्नु पर्ने उहाँको तर्क छ ।

    कांग्रेसका नेता सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्रमा सभापति देउवालाई उद्घाटन गर्न भृकुटीमण्डपमा आउन अनुरोध गर्नुभयो । शर्माले सभापति देउवालाई उमेरका कारण अब अघि नबढ्न र भोलि बिहान हल उद्घाटन गर्ने बेलामा आउन आग्रह गर्नुभएको हो । उहाँले पार्टीमा ५४ प्रतिशत हस्ताक्षरलाई समान्य छलफल गर्न नसक्नु बिडम्बना भएको र मध्यमार्गी विचारमा विश्वास गरेको बताउनुभयो।

    नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई जेनजी पुस्ताको प्रतिनिधित्व गर्दै सम्बोधन गर्नुभएकी करुणा कटुवालले विशेष महाधिवेशनले दिने ऊर्जा बोकेर २१ फागुनको निर्वाचनमा होमिने बताउनुभयो। कटुवालले विशेष महाधिवेशन फुटका लागि नभएर पार्टी जोगाउन भएको बताउनुभयो ।

    राजनीतिज्ञहरुले नेपाली कांग्रेसभित्रको गुटबन्दी अन्त्य नभए कांग्रेसको भविष्य अन्धकारमय हुने बताउछन् । यो विशेष महाधिवेशलाई पार्टी सभापति शेरबहादुर देउवा पक्षले असंवैधानिक भन्दै आइरहेको छ ।
    महाधिवेशन प्रतिनिधीहरुको विशेष अधिकारका आधारमा विशेष महाधिवेशन बैध रहेको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी बताउनुहुन्छ । ४० प्रतिशतले हस्ताक्षर गरेपछि सभापतिले अस्वीकार गर्न नपाउने उहाँको तर्क छ ।

    नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गतको बन्दसत्र भोलि (सोमबार) बिहान ८ बजेबाट सुरु हुने भएको छ ।

    पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुग्दैगर्दा भएको यो विशेष महाधिवेशनलाई चासोका साथ हेरिएको छ । भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहँदा आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरूलाई आफ्नो निवास महाराजगञ्जमा बोलाएर छलफल पनि गर्नुभएको छ ।

    चुनाव अघि विशेष महाधिवेशन गर्दा चुनावी माहोल विग्रने दावी संस्थापन पक्षले गरिरहदा आज विशेष महाधिवेशनमा उपस्थित प्रतिनिधी यो महाधिवेशनले नयाँ उर्जाका साथ चुनावमा जाने वातावरण वनेको भन्दै उत्साही देखिएका छन् ।

    अहिले देशको अवस्था र परिस्थिती वदलिएको छ । पार्टीभित्रको एकपक्षीय निर्णय र गुटवन्दीले इमान्दार कार्यकर्ता जहिले निराश र असन्तुष्ट देखिन्छन् । आशा गरौ,कांग्रेसको यो विशेष महाधिवेशन सिंगो देश ,नयाँ पुस्ता र नेपाली कांग्रेसलाई निकास दिने मार्ग कोर्न सफल वनोस् ।


    आइतवार, पौष २७ २०८२०७:४८:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij