Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बौद्धिक क्षेत्रबाट कांग्रेसले बनायो प्राध्यापक तिमिल्सिनालाई राष्ट्रिय सभाको उम्मेदवार

बौद्धिक क्षेत्रबाट कांग्रेसले बनायो प्राध्यापक तिमिल्सिनालाई राष्ट्रिय सभाको उम्मेदवार

  • शनिवार, पौष २६ २०८२

  • 1.6K
    SHARES

  • बौद्धिक क्षेत्रबाट कांग्रेसले बनायो प्राध्यापक तिमिल्सिनालाई राष्ट्रिय सभाको उम्मेदवार

    काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाका लागि प्राध्यापन क्षेत्रबाट जगत तिमिल्सिनालाई उम्मेदवार बनाएकोमा बौद्धिक समुदायले खुसी व्यक्त गरेको छ। प्रजातन्त्रवादी प्राध्यापक सङ्घका केन्द्रीय अध्यक्ष समेत रहेका तिमिल्सिनालाई उम्मेदवार बनाएर कांग्रेसले बौद्धिक क्षेत्रको सम्मान गरेको उनीहरूको टिप्पणी छ।

    पात्रको बारेमा फरक फरक मत हुनु स्वाभाविक हो। कम्तीमा बौद्धिक तथा पेशागत क्षेत्रको तर्फबाट प्रतिनिधित्व गर्नु आफैमा अत्यन्त सकारात्मक पक्ष हो, नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीको भनाइ छ । लामो समयदेखि शैक्षिक र राजनीतिक क्षेत्रबाट योगदान गर्दै आएका तिमिल्सिनालाई कांग्रेसले राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशबाट उम्मेदवार बनाएको छ।

    नेता तिमिल्सिना संगठन निर्माण, नीति बहस र नेतृत्व विकासमा अनुभवी व्यक्तित्वका रूपमा परिचित छन्। प्राध्यापकहरूको प्रतिनिधित्व गर्दै उनले प्रजातन्त्रवादी प्राध्यापक संघमा केन्द्रीय कोषाध्यक्ष, केन्द्रीय महासचिव हुँदै केन्द्रीय अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् । संगठनलाई सुदृढ बनाउँदै शैक्षिक मुद्दालाई राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा ल्याउन उनको भूमिका उल्लेखनीय रहँदै आएको छ।

    नेपाली कांग्रेसको १२औँ, १३औँ र १४औँ महाधिवेशनमा उनि महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यका रूपमा चयन भएका थिए । पार्टीका यी तीनवटै महत्वपूर्ण महाधिवेशनमार्फत नीति निर्माण, संगठन सुदृढीकरण र लोकतान्त्रिक अभ्यासमा उनको सक्रिय सहभागिता रहँदै आएको छ। हाल पनि उनि महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यकै हैसियतमा क्रियाशील छन् ।

    राजनीतिक परिवारमा हुर्किएका तिमिल्सिनाका पिता तनहुँका पुराना कांग्रेस नेता हुन भने उनका दाजु पनि तनहुँ जिल्लाबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि छन्। सशक्त राजनीतिक पारिवारिक पृष्ठभूमि समेत रहेका तिमिल्सिना राष्ट्रिय सभाका लागि उपयुक्त पात्र भएको उहाँसँग लामो समयदेखि सहकार्य गर्दै आउनुभएका प्रजातन्त्रवादी प्राध्यापक संघका सचिव डा विष्णु पोखरेलको भनाइ छ।


    शनिवार, पौष २६ २०८२०७:५३:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij