Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कारवाहीको चेतावनी दिदैंमा विशेष महाधिवेशन रोकिदैँन - गुरुराज घिमिरे

कारवाहीको चेतावनी दिदैंमा विशेष महाधिवेशन रोकिदैँन - गुरुराज घिमिरे

  • शुक्रवार, पौष २५ २०८२

  • 394
    SHARES

  • कारवाहीको चेतावनी दिदैंमा विशेष महाधिवेशन रोकिदैँन - गुरुराज घिमिरे

    काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले विशेष महाधिवेशनबाट पार्टी फुट्छ भन्नु गलत भएको बताउनुभएको छ। पार्टीको विधानमा राखिएको प्रावधानले पार्टी विभाजन हुने हुन्छ भन्ने कुरा गलत भएको र पार्टी नै फुटाउने प्रावधान विधानमा नराखिने बताउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता घिमिरेले विशेष महाधिवेशनले पार्टी फुट्ने नभई पार्टीका नेता कार्यकर्तालाई एकाकार गर्ने र केन्द्रदेखी वडा तहसम्मका कार्यकर्तालाई सक्रिय बनाउने बताउनुभयो । पार्टी विभाज हुने कुरा कसैले पनि गर्न नहुनेमा उहाँले जोड दिनुभएको छ । गत भाद्र २३ पछि नेपालमा उत्पन्न भएको असहज परिस्थिती र जेनजीहरुको माग बमोजिम पार्टीलाई रुपान्तरण गर्नुपर्ने भएकाले महाधिवेशन गर्नु पर्ने अवस्था आएको उहाँको भनाई छ । पार्टीले नियमित महाधिवेशन गर्ने कुनै सुरसार नै नगरेपछि आफुहरु बाध्य भएर विशेष महाधिवेशनको बाटोमा अघि बढ्नु पर्ने अवस्थामा आएको उहाँको भनाई छ ।

    नेपाली कांग्रेसको इतिहासमै वडा अधिवेशन रोकिएपछि तत्काल नियमित महाधिवेशनको सम्भावना टरेकाले विशेष महाधिवेशन गर्नु पर्ने अवस्था आएको बताउँदै उहाँले नेपाली कांग्रेसको विधानअनुसार महाधिवशेन प्रतिनिधीभन्दा माथि कोही हुन नसक्ने र उनीको मागलाई नजरअन्दाज गर्न नहुने बताउनुभयो ।

    पार्टीको सुनिश्चित र सुरक्षित भविष्यको कुरा गर्दा नेता कार्यकर्तालाई कारवाहीको चेतावनी दिने कुराले कोही पनि विचलित नहुने भन्दै घिमिरेले पार्टीलाई सुधार गर्दै नयाँ नेतृत्व र नीति अनुसार नयाँ जनादेशमा जानुपर्छ भन्ने माग अधिकांस कार्यकर्ताको रहेको उहाँको भनाई छ । साथै उहाँले पार्टीको विधान पालना नगर्ने अधिकार कसैलाई नभएको पनि बताउनुभयो ।


    शुक्रवार, पौष २५ २०८२०९:४९:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij