काठमाडौं । नेपाली काँग्रेसका युवा नेता तथा गण्डकी प्रदेश सांसद डिल्ली सुवेदीले पार्टी फुट्छ भन्ने हल्लामा विश्वास नगर्न आह्वान गर्नु भएको छ । विषेश महाधिवेशनलाई बदनाम र असफल पार्न विरोधीहरुले गलत हल्ला फैलाएकाले त्यसबाट नडराउन उहाँले अनुरोध गर्नु भएको हो ।
नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले अहिलेसम्म २३ जनाले हस्ताक्षर फिर्ता लिएको र तीन सयभन्दा बढीले थप हस्ताक्षर गरेको जानकारी दिनुभयो । विभिन्न दवाव, धम्की र प्रभावमा परेर अहिलेसम्म जम्मा २३ जनाले विषेश महाधिवेशनको पक्षमा गरेको हस्ताक्षर फिर्ता लिएको बताउँदै उहाँले महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने ३४७ जना थपिएको बताउनुभयो ।
विषेश महाधिवेशनका लागि होटल बुक गर्नेदेखि मञ्च बनाउने सम्मका सबै कामहरु तिव्र रुपमा धमाधम भइरहेको बताउँदै उहाँले आफुहरु पनि पार्टी फुट्न हुदैन भन्ने पक्षमा रहेकाले पार्टी फुट्को निर्णय विषेश महाधिवेशनबाट हुनै नसक्ने दावी गर्नुभयो ।