Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

शेखर निकट मानिएका गण्डकी सभापति शर्मा पनि विशेष महाधिवेशनको पक्षमा

शेखर निकट मानिएका गण्डकी सभापति शर्मा पनि विशेष महाधिवेशनको पक्षमा

  • बिहिवार, पौष २४ २०८२

  • 381
    SHARES

  • शेखर निकट मानिएका गण्डकी सभापति शर्मा पनि विशेष महाधिवेशनको पक्षमा

    पोखरा। नेपाली कांग्रेसका नेता शेखर कोइराला निकट मानिनु भएका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा पनि विशेष महाधिवेशनको पक्षमा उभिनु भएको छ । शेखर कोइराला विशेष महाधिवेशनको विपक्षमा देखिए पनि उहाँकै समर्थक नेता तथा कार्यकर्ताहरू धमाधम विशेष महाधिवेशनको पक्षमा खुल्दै सक्रिय हुन थालेका छन्। यसले कांग्रेसभित्र विशेष महाधिवेशनको पक्षधरता थप बलियो बन्दै गएको संकेत गरेको छ।

    प्रदेश सभापति शर्माले पार्टीलाई जोगाउने एउटै मात्र उपाय विशेष महाधिवेशन अनिवार्य रहेको बताउनुभयो। “पार्टी बचाउने एउटै बाटो सुधार हो, र सुधारका लागि विशेष महाधिवेशन अत्यावश्यक छ,” उहाँले भन्नुभयो। आफ्नो राजनीतिक निष्ठाबारे स्पष्ट पार्दै शर्माले व्यक्तिवादी गुटभन्दा पार्टी नै ठूलो भएको धारणा राख्नुभयो। “म कांग्रेसको गुठमा छु, अहिले शेखरको गुठमा होइन,” भन्दै उहाँले पार्टी हित सर्वोपरि हुने स्पष्ट सन्देश दिनुभयो।

    उहाँले विशेष महाधिवेशनमा कांग्रेसका सबै नेताहरू सहभागी हुनुपर्ने र लोकतन्त्रप्रेमी सम्पूर्ण शक्तिले यस प्रक्रियालाई समर्थन र शुभकामना दिनुपर्नेमा जोड दिनुभयो। “यो विशेष महाधिवेशन कांग्रेसभित्रको मात्र विषय होइन, लोकतन्त्रको सुदृढीकरणसँग जोडिएको विषय हो,” शर्माको भनाइ छ। नेता कोईराला विषेश महाधिवेशनको पक्षमा खुल्न नसकिरहेका बेला उहाँ निकटकै नेताहरु धमाधम विषेश महाधिवेशनको पक्षमा देखिएपछि विशेष महाधिवेशनको पक्षमा देशभरी जनमत बढ्दै गएको स्पष्ट संकेत गरेको छ।


    बिहिवार, पौष २४ २०८२०८:३८:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij