Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विषेश महाधिवेशनमा सहभागी हुन शेखर कोईरालालाई आफ्नै पक्षको दवाव

विषेश महाधिवेशनमा सहभागी हुन शेखर कोईरालालाई आफ्नै पक्षको दवाव

  • बिहिवार, पौष २४ २०८२

  • 343
    SHARES

  • विषेश महाधिवेशनमा सहभागी हुन शेखर कोईरालालाई आफ्नै पक्षको दवाव

    काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालालाई विषेश महाधिवेशनमा सहभागी हुन उहाँ निकटकै नेताहरुले दवाव दिएका छन । विषेश महाधिवेशन माग गर्दा उहाँसँगै सल्लाहमा हस्ताक्षर अभियान चलाईएकाले विषेश महाधिवेशनको विपक्षमा उहाँ उभिन नमिल्ने उहाँ निकटकै नेताहरुको भनाई छ । नेता कोईराला निकट मानिदै आउनु भएका काँग्रेस नेता तथा पुर्व सांसद भरत खड्काले विषेश महाधिवेशनमा नेता कोईराला सहभागी हुने विश्वास व्यक्त गर्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा उहााले भन्नुभयो, विषेश महाधिवेशन अहिलेको अनिवार्य आवश्यकता र वैधानिक बाध्यता हो, त्यसमा सहभागी हुनुस भनेर हामीले भनेका छौँ ।

    पटक पटक कोईरालासँग छलफल गरेको दावी गर्नुहुने खड्काले अन्तिम समयसम्ममा भएपनि नेता कोईराला विषेश महाधिवेशनमा सहभागी हुने उल्लेख गर्नुभयो । नेता खड्काले कोईराला निकट धेरै नेता कार्यकर्ताहरु विषेश महाधिवेशनको पक्षमा खुलेर सक्रिय भएकाले उहाँ पनि आउनै पर्ने जिकिर गर्नुभयो ।

    कोईरालाका अति निकट मानिनुहुने गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, लगायतका नेताहरुले पनि उहाँलाई विषेश महािधवेशनमा सहभागी हुन दवाव दिएका छन् । कोईराला निकटकै अर्का नेता डा सुनिल शर्माले पनि महामन्त्री गगन थापालाई भेटेर तपाईहरु अगाडि बढ्नुस, तपाईहरुलाई हाम्रो साथ छ भन्नु भएको छ । सभापति शेरबहादुर देउवासँग मिलेमतो गरेर आफ्ना मान्छेलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउन नेता कोईरालाले देउवाप्रति लचकता देखाएको नेताहरुको दावी छ ।


    बिहिवार, पौष २४ २०८२०८:२२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij