Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, एमाले र जसपा नेपालबिच तालमेल हुने, नेकपा आउट

राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, एमाले र जसपा नेपालबिच तालमेल हुने, नेकपा आउट

  • बुधवार, पौष २३ २०८२

  • 249
    SHARES

  • राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, एमाले र जसपा नेपालबिच तालमेल हुने, नेकपा आउट

    काठमाडौं। राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी(जसपा) नेपालबिच तालमेल हुने भएको छ । नेपाली कमयुनिष्ट पार्टी (नेकपा)सहित तालमेल हुने प्रयास भनिए पनि मिल्न नसकेको कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए । यससँगै नेकपा तालमेलबाट बाहिरिएको छ ।

    ‘नेपाली कम्युनिष्ट पार्टीसँग पनि तालमेल गर्ने प्रयास भएको थियो । उहाँहरूसँग कुरा मिल्न सकेन । अरु तीन शक्तिबीच तालमेल हुने निश्चित भएको छ,’ कांग्रेसका तर्फबाट वार्तामा सहभागी नेता लेखकले भन्नुभयो ।

    उहाँका अनुसार कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालले १ सिट लिने सहमति बनेको लेखकले बताउनुभयो । जसपा नेपालबाट महन्थ ठाकुरलाई उम्मेदवार बनाउने जनाइएको छ ।


    बुधवार, पौष २३ २०८२११:३४:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij