Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

तोकिएकै मितिमा निर्वाचन गराउन सरकार प्रतिवद्ध, अझै पनि विश्वस्त हुने अवस्था नरहेको केहि दलको जिकिर, आशङ्का नगरी तयारीमा लाग्न जोड (खासखबर)

तोकिएकै मितिमा निर्वाचन गराउन सरकार प्रतिवद्ध, अझै पनि विश्वस्त हुने अवस्था नरहेको केहि दलको जिकिर, आशङ्का नगरी तयारीमा लाग्न जोड (खासखबर)

  • आइतवार, पौष २० २०८२

  • 441
    SHARES

  • तोकिएकै मितिमा निर्वाचन गराउन सरकार प्रतिवद्ध, अझै पनि विश्वस्त हुने अवस्था नरहेको केहि दलको जिकिर, आशङ्का नगरी तयारीमा लाग्न जोड (खासखबर)

    काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति आउन अब ६० दिन अर्थात २ महिना बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ भने राजनीतिक दलहरूले पनि निर्वाचनलाई केन्द्रमा राखेर आन्तरिक तयारी तीव्र पारेका छन्।

    तोकिएकै मितिमा निर्वाचन गराउन प्रतिवद्ध रहेको सरकार बताईरहेको छ।र सोहीबमोजिम सम्पुर्ण तयारि पनि सुरु भएको जनाएको छ ।
    तर निर्वाचनको मिति तोकिएर सम्पुर्ण तयारि सुरु भईसक्दा अझै पनि कतिपय दलले ‘तोकिएको मितिमा निर्वाचन हुन्छ भन्ने कुरामा अझै विश्वस्त हुन नसकिरहेको प्रतिक्रिया दिईरहेका छन् ।

    निर्वाचन तोकिएकै मितिमा होस् र भयरहित वातावरणमा निष्पक्ष, स्वतन्त्र ढंगले होस् सबै राजनितीक दलहरुले यहि भनिरहेका छन् । सरकार निर्धारित मितिमै निर्वाचन गराउन अडिक भएर कार्य सुरु गरेको छ । नर्वाचनका लागि सबै वातावरण बनिसकेकाले निर्वाचन हुनेमा कुनै शंका नरहेको सरकारको दावी छ ।

    प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुने बताउनुहुन्छ । सरकार राजनितीक दल र युवाहरुसंगको निरन्तर संवाद र सहयोगले निर्वाचन गर्ने अवस्थामा सरकार पुगेको उहाँको भनाई छ ।

    सवैको चाहना छ,मतदाताहरुले निर्भयताका साथ निर्वाचनमा भाग लिन सकुन् र सबै राजनीतिक दलहरुले निर्वाचनमा स्वच्छ प्रतिष्पर्धा गर्न सकुन् भन्ने । तर त्यो चाहना पूरा गर्नुपर्ने हिसावले गर्नुपर्ने कामहरु अहिले पनि नभईरहेको नेकपा एमालेका नेता बताउछन् ।

    निर्वाचनको काम तिव्र गतिमा अगाडि बढिरहेका वेला (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले तोकिएको मितिमा नै निर्वाचन हुन्छ भन्ने कुरामा अझै विश्वस्त हुने अवस्था नरहेको जिकिर गर्नुहुन्छ ।

    निर्वाचनका लागि गर्नुपर्ने मुख्यमुख्य कामहरुमा सरकारको ध्यान नगएको जिकीर उहाँको छ। उहाँ निर्वाचनको कामलाई सरकारले राम्रोसँग अघि बढाउनुपर्नेमा जोड दिनुहुन्छ ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निष्पक्ष र धाँधलीरहित ढंगले समयमै निर्वाचन गराउन सरकार लागि परेकोमा जोड दिनुहुन्छ । तोकिएकै मितिमा निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको भन्दै सवैको साथ समर्थन आवश्यक रहेको उहाँको जोड छ ।

    वर्तमान कार्की नेतृत्वको सरकारको दायित्व निर्वाचनमात्रै नभएर अरु पनि रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबरा बताउनुहुन्छ ।

    युवाहरुको आन्दोलनले यो सरकारलाई ल्याएको भए पनि आन्दोलनको माग सम्बोधन गर्न वर्तमान सरकार पूर्ण रुपमा असफल भएको उहाँको तर्क छ ।

    निर्वाचनको लागि मात्रै भए त २०८४ मा निर्वाचन आइहाल्थ्यो नि । आन्दोलनको मर्म र भावना त अर्कै थियो नि । उहाँको तर्क छ । तर उहाँले आफ्नो पार्टी चुनावमा जाने कुरामा कुनै शंका भने नरहेको बताउनुहुन्छ ।

    चुनाव फागुन २१ मा हुँदैछ । प्रतिनिधिसभा निर्वाचनका लागि ६० दिन मात्रै बाँकी रहँदा राजनीतिक दलहरू नै निर्धारित मितिमा चुनाव हुनेमा आशङ्का व्यक्त गरिरहेका छन्। तर,आशङ्का होईन चुनावी तयारीमा लाग्न सरकारले आग्रह गरिरहेको छ ।

    गत भदौको आन्दोलनका क्रममा सुरक्षा निकायबाट लुटिएका हातहतियारको ठूलो सङ्ख्या फिर्ता नभएका कारण चुनावमा जान कतिपय दलहरू अझै पनि त्रसित बनेको दावी गरिरहेका छन् ।

    यस्तो अवस्थामा सवैको चाहना छ,मतदाताहरुले ढुक्क भएर निर्वाचनमा भाग लिन सकुन् र सबै राजनीतिक दलहरुले निर्वाचनमा स्वच्छ प्रतिष्पर्धा गर्न सकुन् । त्यसैले, निर्वाचन सम्पन्न गर्न सरकारले दलहरुलाई र असन्तुष्ट पक्षलाई अझै विश्वस्त बनाउनका लागि थप कसरत गर्न जरुरी छ ।

     


    आइतवार, पौष २० २०८२०७:५७:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij