काठमाडौं। नेपालको राजनीतिमा आजदेखी नयाँ तरङ्ग पैदा भएको छ।पछिल्ला केही वर्षदेखी नेपाली राजनीतिको चर्चामा रहेका काठमाण्डौ महानगरपालिका मेयर बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रबी लामिछानेबिच भएको सहमतीले सिँगो देशकै राजनीतिमा नयाँ तरङ्ग ल्याएको हो।
आगामी फागुन २१ गतेको निर्वाचनलाई लक्षित गरी रास्वपा सभापति लामिछाने र मेयर शाहबिच लामो छलफलपछी गएराति जुटेको सहमतीले नेपालमा वैकल्पिक राजनैतिक शक्ति निर्माणको ढोका खोलेसँगै राजनैतिक वृत तरङ्गगीत बनेको हो।
पछिल्ला केही दिनदेखी निरन्तर जारी छलफलले हिजो मध्यरातमा निष्कर्शमा पुराएसँगै गत २०७९को स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर भारी मतकासाथ काठमाडौं महानगरपालिकाको मेयर पदमा निर्वाचीत शाह र सोही वर्षको प्रतिनिधि सभा निर्वाचनमा दल खोलेको ६ महिनामै मुलुकको चौथो ठुलो दल बनाउन सफल लामिछानेबिच ७ बुँदे सहमती भएको छ।
सहमतिअनुसार पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र चुनाव चिन्ह घण्टी तथा पार्टीको सभापति लामिछाने हुने र आगामी प्रतिनिधिसभाको चुनावपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार मेयर शाह बन्ने मुख्य सहमति भएको छ।
जसले पछिल्ला केही दशकदेखी एकछत्र राज गर्दै आएका पुराना दल कांग्रेस एमालेसँगै हालै नेकपा बनेको पूर्वमाओवादी पार्टीभित्र हलचल ल्याएको छ भने वैकल्पिक राजनीतिक शक्तिको पक्षधर मतदाता, खासगरी युवा समूहमा उत्साह बढाएको छ।
पुराना दलको कार्यशैली तथा कार्यसम्पादन र अपारदर्शी सत्ता सञ्चालनले आजीत युवा पुस्ताले हालै गत भदौ २३ र २४ गते गरेको विद्रोहले तत्कालिन सरकार नै बहिर्गमन गरेपछी बनेको अन्तरिम सरकारले प्रतिनिधी सभा विघटन गरी आउँदो फागुन २१ गते निर्वाचनको तयारी सुरु गरेको छ।
मुलुकमा नयाँ वैकल्पीक राजनैतिक शक्ति निर्माण भएर मुलुकमा व्याप्त वेथीति अन्त्य गरोस् भन्ने जनअपेक्षा बढी रहेको यो समयमा पनि जेनजी आन्दोलनको मर्म र भावनाअनुसारको वैकल्पिक राजनीतिक शक्ति वा जेनजी पुस्ताले रुचाएको राजनीतिक शक्ति कुन हुने? भन्नेबारे स्पष्ट हुन नसक्दा जेनजी पुस्तालाई नै विभिन्न समुहमा विभाजित गरेको थियो।
यसअघी वैकल्पिक शक्तिका रुपमा हेएिको रास्वपा पनि पार्टी सभापतिमाथि नै लागेका आरोपका चाङ्ग र अदालतमा विचाराधीन मुद्दाका कारण नेताहरूले साथ छाड्ने क्रम बढ्दै जाँदा आफ्नो साख नै गुमाउँदै गैरहेको थियो।
यहिबिचमा सहकारी ठगीमा पुपक्र्षका लागी थुनामा रहेका रास्वपा सभापति लामिछाने थुनामुक्त भएपछी बैकल्पीक शक्ति निर्माणका लागी बालेनसँगै हालै स्थापीत उज्यालो नेपाल पार्टीका संरक्षक समेत रहनुभएका वर्तमान अन्तरिम सरकारका उर्जामन्त्री कुलमान घिसिङ्गसँग परामर्शमा जुटनु भएको थियो।
तर रबी बालेनबीचको सहमतीअनुसार भावी प्रधानमन्त्री बालेन र पार्टी सभापति रबी मान्न कुलमान सहमत नभएपछी दुई नेताबिच ७ बुँदे सहमती जुटेको हो। लगत्तै घिसिङले ७ सम्झौताले जेनजी आन्दोलनको भावनालाई सम्पूर्ण रूपमा नसमेटेको टिप्पणी गर्नुभएको थियो।
तथापी, रवी र बालेनसँगको छलफलमा प्रधानमन्त्री र पार्टीमा सम्मानजक भाग खोजेका कुलमानले अझैपनि नयाँ र वैकिल्पक शक्तिहरू मिल्नुको विकल्प नभएको बताउनुभएको छ। सम्मानजनक उपस्थिति, आत्मसम्मान र स्वाभिमानलाई नमेटाइकन सबैसँग सहकार्य गर्न तयार रहेको भन्दै उहाँले अहिलेपनि धेरै कुराहरू भइरहेकोले आगामी दिनमा त्यसको रिजल्ट पनि आउने बताउनुभयो।
यसरी युवा पुस्ताका लोकप्रीय दुइ व्यक्तिविच वैकल्पीक राजनीतिक शक्ति स्थापना गर्नेगरी भएको एकतापछी पार्टी सत्ताको नेतृत्व र राज्य सत्ताको नेतृत्वबारे भएको सहमतिले विभिन्न समूहमा छरिएका जेनजीसँगै आफ्नो साख नै गुम्ने खतरामा रहेको रास्वपामा उत्साह बढाएको छ। भने पुराना दलहरुमा सतर्कताको घण्टी बजाएको देखिन्छ। तथापी उनिहरुले विभिन्न टिका टिप्पणी भने गर्न छाडेका छैनन्।
नेकपा एमालेले रवि र बालेनले सत्ता स्वार्थको लागि जेनजी आन्दोलन हाइज्याक गर्न खोजेको आरोप लगाएको छ। जेनजी आन्दोलनका बेला सरकारको नेतृत्वकर्ता रहेको एमालेका उपमहासचिव योगेश भट्टराईले लोकतन्त्रको सुदृढिकरण र देशलाई विकास र समृद्धिको यात्रामा लैजानुपर्ने आवश्यकता रहेका बेला रबी र बालेनले जेनजी आन्दोलनलाई नै हाइज्याक गर्न खोजेको आरोप लगाउनु भयो।
यस्तै नेपाली कांग्रेसभित्र पनि यसले एकप्रकारको तरङ्ग नै पैदा गरेको छ। महाधिवेशनको विवाद उत्कर्षमा पुगेको कांग्रेसलाई रबी बालेन एकताले कतै अघिल्लो निर्वाचनमा स्वर्णीम वाग्लेजस्ता नेताहरु गुमाउनुपरेजस्तै यसपटक पनि क्षति भोग्नुपर्ने त होइन भन्ने पिरलो देखिन्छ।
तथापी रास्वपामा उपसभापति रहेका वाग्लेसहित केही चर्चीत नेताहरु कांग्रेस पृष्ठभुमीकै रहेकाले यसपटक पनि क्षति भोग्ने निश्चीत नै देखिन्छ। तर उपसभापति धनराज गुरुङ्गले रास्वपा र बालेन मिल्नु कुनै अनौठो नभएको टिप्पणी गर्नुहुन्छ।
राजनीतिमा को–को जुट्छन् र को–को फुट्छन् भन्नेकुरा कांग्रेसलाई चासोको विषयको नभएको भन्दै उहाँले राजनीतिमा सबैखाले चुनौती आउने गरेको र हरेक चुनौतीको सामना गरेर आएको कांग्रेसले यसलाई गम्भीर रूपमा नलिने बताउनुभयो।
तर, यता जानकार तथा विज्ञहरुले भने रबी बालेन मिलनले पुराना दलहरुलाई राम्रैसँग पाठ सिकाउने दाबी गर्छन्। राजनैतिक विश्लेषक शंकर तिवारीले समयअनुसार चल्न नसकी अकर्मण्यता देखाउँदै आएका पुराना दलका नेतृत्वकर्ता ओली, प्रचण्ड देउवाले पार्टीभित्रको लोकतन्त्र नै कमजोर पार्दै गएको र जेनजी आन्दोलनपछी पनि नसच्चिएर झनझन बलियो बनेर बसेकाले विकल्पका रुपमा जनताले रास्वपालाई परिक्षण गर्ने बताउनुहुन्छ।
यसले पुराना दलले नराम्रो नतिजा भोग्नुपर्ने उहाँको निष्कर्श छ। तथापी रास्वपा आँफै पूर्ण रुपमा पार्टीको भुमीकामा नरहेको र बालेन स्वयं आँफैले विगतमा चोर र ठगको संज्ञा दिएको रास्वपासँग एकता गरी आत्मसमर्पण गरेको टिप्पणी गर्नुभयो। यसका बावजुत नेपालको राजनीति थप रोमाञ्चक रुपमा दुखद तथा कठीन परिस्थितितर्फ हिँडेको उहाँको तर्क छ।
रबी र बालेनबिचको सहमति र मिलनले नेपाली राजनीतिमा एक किसिमको हलचल ल्याइदिएको छ। यो सहमतिपछि नेपाली राजनीतिमा क्रिया प्रतिक्रिया आउने क्रम जारी छन् । कतिपयले यसलाई सकारात्मक भनेर स्वागत गरेका छन् त कतिले स्पष्ट नीति, कार्यक्रम र विचार अभावको मिलनको संज्ञा पनि दिएका छन्।
तथापी मिलनले पुराना र दशकौँदेखि राज्यसत्ता सञ्चालन गर्दै आएका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट जस्ता पार्टीलाई सन्निकट रहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा चुनावी सहकार्य गर्न र विगतमा उनीहरूमाथि लाग्दै आएको रूपान्तरण र पुस्तान्तरणप्रतिको अनिच्छाको ट्याग फेर्नसमेत दबाब बढाएको देखिन्छ। भने सक्किने कि सच्चिने? भन्ने प्रश्न पनि खडा गरिदिएको छ।
अर्कातिर यो मिलनलाई नै कतिपयले यसअघी ओली र प्रचण्डबिचको एकतासँग पनि क्षणिक मात्रै रहेको टिप्पणी पनि गरिरहेका छन्। तसर्थ आम जनअपेक्षा र आशालाई निराशामा परिणत नगरी रबी र बालेनले सहमतीपत्रमा उल्लेख गरेबमोजीम देश र परिस्थितिलाई निकास दिने गरी परिपक्व राजनैतिक नेतृत्वकर्ताका रुपमा खडा हुन जरुरी देखिन्छ।