Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने

  • आइतवार, पौष १३ २०८२

  • 357
    SHARES

  • कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । बैठक आज बिहान ११ बजे पार्टी कार्यालय सानेपामा सुरु हुने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

    यसअघि शनिबार भएको बैठकमा समानुपातिक तर्फका १ सय १० उम्मेदवार चयनको मापदण्ड तयार गरेर नाम चयन प्रक्रिया प्रारम्भ भएको थियो । बैठकले विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकाले कारबाहीमा परेकाको निष्कासन, निलम्बन र पार्टीको विधान अनुसार स्वतः कारबाहीमा परेकाको बाँकी अवधि माफी मिनाहा गरेको थियो ।

    महाधिवेशन कार्यतालिका परिमार्जनबारे पनि आज छलफल हुने बताइएको छ । यसअघि तोकेको समयमा नै नियमित महाधिवेशनको सुनिश्चितता गर्ने गरी महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने पार्टीको तयारी छ । पुस ८ गतेभित्र क्रियाशील सदस्यताको विषय टुङ्गिन नसकेको अवस्थामा अरू कार्यतालिका प्रभावित हुने भएकाले अर्को कार्यतालिका बनाउने विषयमा बैठक केन्द्रित रहँदै आएको छ ।


    आइतवार, पौष १३ २०८२१०:४६:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij