Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

नेकपा सचिवालय बैठक अन्यौलमा, बैठक अनौपचारिकतामा सिमित हुने संभावना

नेकपा सचिवालय बैठक अन्यौलमा, बैठक अनौपचारिकतामा सिमित हुने संभावना

  • बुधवार, मंसिर १७ २०७७

  • 1.4K
    SHARES

  • नेकपा सचिवालय बैठक अन्यौलमा, बैठक अनौपचारिकतामा सिमित हुने संभावना

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिलय बैठक आज अन्यौलमा परेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकमा आफु उपस्थीत नहुने बताएकाले बैठक अन्यौलमा परेको हो ।

    सचिवालयको हिजो बसेको बैठकमा प्रधानमन्त्री ओलीले आफु र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको दुवै प्रस्तावमाथी छलफल नगर्न र नयाँ संयुक्त प्रस्ताव ल्याएर छलफल गर्न अडान राख्नु भएको थियो ।

    तर प्रचण्ड पक्षका नेताहरुले यही प्रस्तावलाई तल्लो तहका बैठकमा लैजानु पर्ने र त्यहीबाट निचोड निकाल्नु पर्ने अडान राख्नु भएको थियो ।
    दुवै पक्षले आ आफ्नो अडान राखेपछि बैठक आज दिउँसो १ बजे फेरी बस्नेगरी बोलाइएकोमा अध्यक्ष ओलीले आफु उपस्थीत हुन नसक्ने जनाउनु दिनु भएको थियो ।

    प्रधानमन्त्री ओलीको सचिवालयले पनि आजको बैठकमा प्रधानमन्त्री ओली कार्यव्यस्तताका कारण उपस्थीत नहुने जनाएको छ । अध्यक्ष ओली नै अनुपस्थीत हुनेभएपछि अन्य नेताहरुको बैठक बस्ने की नबस्ने भन्ने बारेमा नेताहरुका विचमा छलफल भइरहेको जनाइएको छ ।
    ओली विना बसेका विगतका बैठकलाई अनौपचारिक भन्ने गरिएकाले आज पनि अनौपचारिक बैठक बस्ने संभावना बढी रहेको नेताहरुले बताएका छन् ।

    नेकपा अध्यक्ष दाहालले कात्तिक २८ गते प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने अर्का अध्यक्ष ओलीले जवाफी प्रतिवेदन मङ्सिर १३ गते प्रस्तुत गर्नु भएको थियो । दुवै अध्यक्षको छुट्टा छुट्टै प्रतिवेदन पेश भएपछि पार्टी भित्र थप विवाद, आरोप प्रत्यारोप बढेको छ भने विभागजनको संभावना पनि धेरै हुदै गएको छ ।


    बुधवार, मंसिर १७ २०७७०९:१७:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij