Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन प्रचण्डको आह्वान

क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन प्रचण्डको आह्वान

  • शुक्रवार, पौष ११ २०८२

  • 340
    SHARES

  • क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन प्रचण्डको आह्वान

    काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन् । विश्व कम्युनिस्ट आन्दोलनका नेता माओत्सेतुङको १३३ औँ जन्मजयन्तिको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेका हुन् ।

    माक्र्स, लेनिन, माओ हुँदै नेपाली क्रान्तिकारी अनुभवसम्मका योगदानलाई संश्लेषण गर्दै समाजवादी क्रान्तिको बाटोमा दृढताका साथ अघि बढ्नु कम्युनिष्ट क्रान्तिकारीहरूको मुख्य कार्यभार भएको उनको भनाइ छ । प्रचण्डले सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई मतभेदभन्दा माथि उठेर सार्वभौम, आत्मनिर्भर, समानतामूलक र समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन अपील गरेका छन् ।

    वर्तमान विश्व व्यवस्था साम्राज्यवाद, नवउदारवाद र पूँजीवादी शोषणका कारण गम्भीर संकटमा परेको उल्लेख गर्दै उनले सामाजिक असमानता गहिरिँदै गएको, राष्ट्रिय सार्वभौमिकतामाथि हस्तक्षेप बढेको र जनताको जीवन थप संकटग्रस्त बन्दै गएको बताएका छन् ।


    शुक्रवार, पौष ११ २०८२११:३२:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij