काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई निर्वाचनको वातावरण बनाउन सुझाव दिएका छन् । आज बिहान आफ्नो निवासमा भेट्न आएका सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता जगदिश खरेललाई देउवाले सो सुझाव दिएका हुन् ।
‘सरकारले निर्वाचनको विश्वसनीय वातावरण बनाइसकेको छैन, छिटो बनाओस्’ देउवाको भनाइ उद्धृत गर्दै मन्त्री खरेलले भने । खरेलले कांग्रेस सभापति देउवापछि आजै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डलाई पनि भेट्दैछन् ।