Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

सरकारको स्वर खाप्दै अख्तियारले भन्यो– ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन सही छैन

सरकारको स्वर खाप्दै अख्तियारले भन्यो– ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन सही छैन

  • बुधवार, मंसिर १७ २०७७

  • 1.0K
    SHARES

  • सरकारको स्वर खाप्दै अख्तियारले भन्यो– ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन सही छैन

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदनमाथि सत्यता नभएको बताएको छ । यसअघि सरकारले पनि उक्त प्रतिवेदन आधारहीन भएको भन्दै प्रतिवाद गरेको थियो ।

    ट्रान्सपरेन्सी इन्टरनेसनलले एसियामा सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको पहिलो सूचीमा नेपाल रहेको प्रतिवदेन सार्वजनिक गरेपछि सरकार र भ्रष्टाचार नियामक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग यसको विरुद्धमा उत्रिएका छन् ।

    भ्रष्टाचार नियन्त्रणका लागि निरन्तर सक्रियताका साथ काम गरिरहेको दाबी गर्दै सरकारले त्यसमा कुनै अवरोध नगरेको अख्तिारका प्रवक्ता तारानाथ अधिकारीले बताउनुभयो । भ्रष्टाचार समृद्धिको बाधक भएकाले देशलाई भ्रष्टाचारमुक्त पार्नु आवश्यक रहेको अख्तियारको भनाइ छ ।

    नेपाल अति भ्रष्ट मुलुकमा पर्छ भन्नु नै आग्रहपूर्ण भन्दै प्रवक्ता अधिकारीले जननिर्वाचित सरकार र लोकतान्त्रिक पद्धतिबाट चलेको मुलुकमा त्यसै पनि भ्रष्टाचार कम हुने जिकिर गर्नुभयो ।

    ट्रान्सपरेन्सी इन्टरनेसनलले भनेजस्तो सरकारले अवरोध ग¥यो वा प्रभावमा पा¥यो भन्ने कुरामा सत्यता नरहेको उहँको दाबी छ । एउटा आईएनजीओ वा एनजीओले पाँच सय/हजार मानिससँग सोधेर तयार पारको प्रतिवदेन अर्थहीन हुने अख्तियारको प्रतिक्रिया छ ।


    बुधवार, मंसिर १७ २०७७०८:२४:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij