Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काँग्रेसबाट कृष्णप्रसाद अधिकारीलाई समानुपातिक उम्मेदवार बनाउन पाल्पा १ बाट एकल सिफारिस

काँग्रेसबाट कृष्णप्रसाद अधिकारीलाई समानुपातिक उम्मेदवार बनाउन पाल्पा १ बाट एकल सिफारिस

  • शनिवार, मंसिर २७ २०८२

  • 1.1K
    SHARES

  • काँग्रेसबाट कृष्णप्रसाद अधिकारीलाई समानुपातिक उम्मेदवार बनाउन पाल्पा १ बाट एकल सिफारिस

    काठमाडौं । नेपाली काँग्रेसबाट प्रतिनिधि सभाका लागि समानुपातिक तर्फको उम्मेदवार बनाउन पाल्पाका पुराना काँग्रेस नेता कृष्णप्रसाद अधिकारीलाई एकल सिफारिस गरिएको छ । पार्टीको क्षेत्रीय समितिको बैठकले पार्टीको जिल्ला सचिव र उपसभापति भइसक्नु भएका अधिकारीलाई समानुपतिक तर्फको उम्मेदवार बनाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

    पाल्पाको रामपुर नगरपालिका वडा नं. १० निवासी अधिकारी यसअघि प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फको उम्मेदवारका रुपमा पनि सिफारिस हुनु भएको थियो । विक्रम सम्वत २०४३ सालमा सरकारी जागिर छोडेर काँग्रेसको संगठन निर्माण, विचार प्रवाह र जनताको सेवामा पूर्ण रुपमा समर्पित अधिकारी अवसर नपाउनु भएका इमान्दार, निष्ठावान, बेदागी, प्रष्ट वक्ता, बौद्धिक, अध्ययनशील र स्वच्छ छवि भएका नेताका रुपमा चिनिनुहुन्छ ।

    अहिले काग्रेसको प्रदेश कार्यसमिति सदस्य समेत रहनु भएका अधिकारीलाई काँग्रेसको तर्फबाट प्रतिनिधि सभाका लागि समानुपातिक तर्फको उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरिएको काँग्रेस पाल्पाका जिल्ला सचिव सन्तोष थापा मगरले जानकारी दिनुभयो ।

    बैठकले प्रत्यक्ष तर्फ भने पार्टीका अर्का युवा नेता सन्दीप रानालाई एकल सिफारिस गरेको छ । कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य तथा अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष समेत रहनु भएका राना यसअघि काँग्रेसको तर्फबाट प्रतिनिधि सभाका लागि समानुपातिक तर्फको उम्मेदवार हुनु भएको थियो ।

    कांग्रेसले १५ मंसिरमा बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार प्रतिनिधिसभाका लागि समनुपातिक र प्रत्यक्षतर्फ तथा राष्ट्रियसभाका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहतलाई परिपत्र गरेकाले देशैभरीबाट उम्मेदवारहरुको नामावाली सिफारिस गर्ने क्रम चलिरहेको छ ।


    शनिवार, मंसिर २७ २०८२०८:४२:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij