Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काँग्रेस नेता गिरी काठमाडौं–९ बाट प्रतिनिधि सभा उम्मेदवार सिफारिस

काँग्रेस नेता गिरी काठमाडौं–९ बाट प्रतिनिधि सभा उम्मेदवार सिफारिस

  • शुक्रवार, मंसिर २६ २०८२

  • 453
    SHARES

  • काँग्रेस नेता गिरी काठमाडौं–९ बाट प्रतिनिधि सभा उम्मेदवार सिफारिस

    काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन –२१ फाल्गुन को लागी नेपाली काँग्रेसको तर्फबाट समानुपातिक उम्मेदवारको लागी एक नम्बरमा सिफारिस हुनु भएको छ । आफ्नो धारणा र दृष्टिकोण आम सञ्चार माध्यम र सामाजिक सञ्जालमा सदा प्रष्ट राख्ने गिरी नेपाली काँग्रेसको प्रखर बक्ता एबं काँग्रेस प्रशिक्षक समेत हुनुहुन्छ । केन्द्रदेखी जिल्ला जिल्ला मा समेत पार्टी संगठन सुदृढीकरण र बिस्तारका कार्यक्रममा निरन्तर सक्रिय काँग्रेस केन्द्रिय नेता गिरी नेपाली काँग्रेस पार्टी को निति, नेतृत्व र कार्यक्रम प्रचारप्रसार कार्यमा निरन्तर सक्रिय रहदै आइरहनु भएको छ । केन्द्रिय नेता गिरी महामन्त्री गगन थापा निकट रहेर कार्यसम्पादन गर्दै आइरहनु भएको छ ।

    त्यसैगरी क्षेत्र नं. ९ बाट युवा पुस्ताका क्षेत्रीय सभापति जयकृष्ण महर्जन, महासमिति सदस्य रस्मिला मल्ल, पूर्व क्षेत्रीय सभापति तथा महासमिति सदस्य धर्मराज गौतम, केन्द्रीय सदस्य नानु बास्तोला, महाअधिवेशन प्रतिनिधि श्यामकृष्ण खड्का र क्षेत्रीय प्रतिनिधि राजन खत्रीलाई प्रत्यक्ष निर्वाचन प्रणालीका लागि नाम सिफारिस गरेको छ ।
    यसभन्दा अगाडिको आम निर्वाचनमा प्रदेश सभा (क)बाट केन्द्रीय सदस्य नानु बास्तोला र प्रदेश (ख)बाट महाधिवेशन प्रतिनिधि श्यामकृष्ण खड्का उम्मेदवारी बनिसकेका अनुहार हुन ।

    संविधान सभा सदस्य ९ नं. क्षेत्रबाट दुईपटक संघीय संसदमा निर्वाचित पूर्वसांसद ध्यानगोेविन्द रन्जित र प्रतिबन्धित अवस्थाका पश्चिम भेगीय कमाण्डर तथा २०५४ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार दामोदर गौतम राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि सिफारिस पठाइएको छ ।

    त्यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फ नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं महासमिति सदस्य किरण गिरी, काठमाडौं काँग्रेसका पूर्व जिल्ला उपसभापति एवं बौद्धिक व्यक्तित्व महाधिवेशन प्रतिनिधि गौरीप्रसाद दवाडी, महासमिति सदस्यहरु अधिवक्ता सुधा रिजाल, डा. अमिता प्रधान, दिलमाया अधिकारी, गोमा गुरुङ, र कल्याणी खड्कालाई समेत समानुपातिक निर्वाचन प्रणालीको बन्द सूचीमा नाम समावेश गर्न नेपाली काँग्रेस ९ नम्बर क्षेत्रले सिफारिस गरिएको बताइएको छ । सो सिफारिस केन्द्रिय परिपत्र अनुसार नेपाली काँग्रेस काठमाडौं जिल्लामा पेश भैसकेको जानकारी क्षेत्रीय सभापति जयकृष्ण महर्जन ले दिनु भएको छ ।


    शुक्रवार, मंसिर २६ २०८२१०:३०:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij