Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

’विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू गरिँदै, पर्यटकसँगै राष्ट्रिय सुरक्षा सुदृढीकरणको लक्ष्य, दिर्घकालिन व्यवस्थापनमा जोड (खासखबर)

’विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू गरिँदै, पर्यटकसँगै राष्ट्रिय सुरक्षा सुदृढीकरणको लक्ष्य, दिर्घकालिन व्यवस्थापनमा जोड (खासखबर)

  • शुक्रवार, मंसिर १९ २०८२

  • 670
    SHARES

  • ’विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू गरिँदै, पर्यटकसँगै राष्ट्रिय सुरक्षा सुदृढीकरणको लक्ष्य, दिर्घकालिन व्यवस्थापनमा जोड (खासखबर)
    काठमाडौं। नेपाल भित्रिने विदेशी नागरिकहरूका लागी सरकारले ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू गर्ने भएको छ। नेपाल आउने पर्यटकहरूको तथ्याङ्क व्यवस्थित ढंगले सङ्कलन, अभिलेखन र विश्लेषणका लागी भन्दै सरकारले आगामी जनवरी १ (२०८२ पुस १८) देखि लागू हुने गरी ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू गर्ने तयारी गरेको हो। 
     
    नेपालमा पर्यटकको आवरणमा आउने कतिपय विदेशीहरू विभिन्न किसिमका अपराधमा संलग्न हुने भएपछि अध्यागमन विभागले उनीहरूको नियमन गर्ने उद्देश्यले यो प्रणालीको सुरुवात गर्न थालेको हो। 
     
    सबै विदेशी पर्यटकको गतिविधि र आवाससम्बन्धी विवरण राज्यलाई अनिवार्य रूपमा थाहा हुनुपर्ने भन्दै विभागले उनिहरुको सुरक्षा सुनिश्चितता, सूचना प्रवाहमा सहजता, पर्यटन प्रवद्र्धन र अपराध नियन्त्रण गर्नका लागि उनीहरूको ’एकोमोडेसन’ (आवास) घोषणा अनिवार्य गर्नुपर्ने प्रावधान ल्याउन लागेको हो।
     
    विभागले पहिलो चरणमा २०८२ पुस १७ गते अर्थात जनवरी १ बाट उपत्यकाका तारे होटलहरूमा र २०८२ फाल्गुन १७ बाट देशभरका होटल, एयरलाइन्स, होमेस्टे, ट्रेकिङ कम्पनी लगायत सबै सेवा प्रदायकहरूमा यसलाई अनिवार्य लागू गर्ने योजना बनाएको छ।
     
    जसरी हरेक नेपालीको गतिविधि र अवस्था राज्यलाई थाहा हुनुपर्छ, त्यसरी नै नेपाल आउने विदेशीको बारेमा पनि चासो राख्नुपर्ने भएकोले सरकारले यो प्रणाली ल्याउन अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिनुभयो। पर्यटकहरुलाई स्वतन्त्रता छ भन्दैमा राज्यलाई उसका गतिविधी थाहा हुनुपर्दैन भन्ने नभएको बताउँदै महानिर्देशक तिवारीले राज्यले गलत ठाउँमा चासो नराखेपनि तर राख्नुपर्ने ठाउँमा चासो ख्याल सबै राख्नुपर्ने बताउनुभयो। 
     
    पर्यटकलाई होटलको कोठामा पसेपछि मैले अपराध गर्दासम्म पनि राज्यले थाहा पाउँदैन भन्ने कुराबाट सचेत गराउन र अपराध नियन्त्रण गर्न जनावरी १ देखि ‘एकोमोडेसन’अनिवार्य गर्न लागिएको बताउनुभयो। नेपाल भित्रिने सबै पर्यटकका सुरक्षासँगै राज्यको आफ्नो सुरक्षाका लागी पनि सरकारले उनिहरुका हरेक गतिविधी, सुचना तथा जानकारी राख्न यो प्रणाली लागु गरिएको भन्दै उहाँले यसको प्रभावकारी तथा सफल कार्यान्वायनका लागी सरकारसँगै अन्य सरोकारवाला निकायले पनि सहयोग गर्नुपर्ने बताउनुभयो। 
     
    विदेशी नागरिकको अनुगमन प्रणाली राष्ट्रिय सुरक्षा सुदृढीकरणको एउटा महत्त्वपूर्ण कदम हुने सरोकारवालाको पनि विश्वास छ। विभागले यस सम्बन्धमा आयोजना गरेको एक छलफलमा सरोकारवालाहरूले त्यसको कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरेका छन्। 
     
    ’नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स ऐजन्ट्स’(नाट्टा)की वरिष्ठ उपाध्यक्ष तेजश्वी तुलाधरले यो प्रणालीले पर्यटकको सुरक्षा सुनिश्चित गर्न र तथ्याङ्क सङ्कलनमा सघाउ पुग्ने बताउँदै यो ’ट्रयाकिङ’को सहि कार्यान्वायनमा जोड दिनुभयो।’विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’सँगै अध्यागमनमा सुधारको खाँचो समेत औल्याउनुभयो।
     
    दुबईसहित विदेशी मुलुकहरुले पर्यटकहरुलाई फ्रिमा सिम दिने गरेकोले ’ट्रयाकिङ’ गर्न थप सहज हुने गरेको भन्दै तुलाधरले नेपालमा पनि त्यो व्यवस्था अध्यागमनबाटै मिलाउँदा उनीहरुको अवस्था बुझ्न सहज हुने धारणा व्यक्त गर्नुभयो।
     
    विदेशी नागरिकको सुरक्षाका लागी सहि सुचना संकलनका लागी सरकारले ढिलै भएपनि यो सिस्टम ल्याएकोले यो स्वागतयोग्य कदम रहेको ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेको धारणा छ। 
     
    उहाँले विश्वका अन्य देशहरुले धेरै पहिलेदेखी नै यो प्रणाली सुरु गरिसकेको बताउँदै यसलाई व्यबस्थित र निरन्तरतामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो। यसका लागी आँफुहरुले पूर्ण रुपमा आवश्यक सहयोग र सहजीकरण गर्न तयार रहेको उहाँले बताउनुभयो। 
     
    ’विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ विदेशी नागरिकहरुको सुरक्षा र निगरानीसँगै राज्यकै सुरक्षाका लागी पनि अति महत्वपूर्ण प्रणाली हो । नेपालमा पर्यटकको आवरणमा आउने कतिपय विदेशीहरू विभिन्न किसिमका अपराधमा संलग्न हुने भएपछि अध्यागमन विभागले उनीहरूको नियमन गर्न यो प्रणाली लागु गर्ने तयारी थालेको हो। 
     
    विश्वका अन्य प्राय देशहरुले यो व्यवस्था लामो समयदेखी नै प्रयोगमा ल्याएका छन् जसकारण पर्यटक सुरक्षा मजबुत छ। भने पर्यटकका आवरणमा हुने जुनसुकै अपराध पनि न्युन छन्। नेपालले पनि विगतदेखी नै लागू गर्नुपर्ने यो प्रणाली ढिलै पनि प्रयोगमा ल्याउने तयारीमा जुटेको छ। 
     
    जसअनुसार सुरुमा तारे होटेल र तीन महिनापछि सबै प्रकारका होटेल, ट्राभल एजेन्सी, मनी चेन्जर तथा पर्यटक यातातात व्यवसायीलाई यो प्रणालीमा आबद्ध हुन अनिवार्य गर्ने तयारी छ। यसले नेपालमा अवैध रूपमा बस्ने तथा गैरकानुनी गतिविधिमा संलग्न हुने विदेशीलाई निरुत्साहन गर्ने भएकोले राष्ट्रिय सुरक्षामा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ ।।

     


    शुक्रवार, मंसिर १९ २०८२०८:१६:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij