Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेकपा सचिवालयमा दुुई अध्यक्षको प्रस्तावमाथि छलफल प्रारम्भ, बैठक भोली पनि बस्ने

नेकपा सचिवालयमा दुुई अध्यक्षको प्रस्तावमाथि छलफल प्रारम्भ, बैठक भोली पनि बस्ने

  • मंगलवार, मंसिर १६ २०७७

  • 1.3K
    SHARES

  • नेकपा सचिवालयमा दुुई अध्यक्षको प्रस्तावमाथि छलफल प्रारम्भ, बैठक भोली पनि बस्ने

    काठमाडौं । नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावमाथि आजदेखि छलफल प्रारम्भ भएको छ ।

    औपचारिक र अनौपचारिक छलफल र अन्तरक्रिया जारी राख्ने प्रवक्ता नारायणाकाजी श्रेष्ठले बैठकपछि जानकारी दिनुुभएको छ । अन्य नेताहरुले छलफल गर्नेगरी बैठक भोलि १ बजे बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुुभएको छ ।

    आजको बैठकमा कात्तिक २८ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रस्ताव र त्यसको जवाफमा मंसिर १३ गते प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको प्रस्तावमाथि नेताहरुले आफ्ना धारणा राखेका थिए ।

    प्रवक्ता श्रेष्ठले दुवै प्रस्तावमाथि औपचारिक रुपमा छलफल पनि गर्ने र नेताहरुबीच अनौपचारिक संवादलाई पनि निरन्तरता दिने निष्कर्ष बैठकले निकालेको जानकारी दिनुुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक वसेको हो ।

     


    मंगलवार, मंसिर १६ २०७७०५:००:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij