Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सिटौलालाई सिवाकोटीको प्रश्न - पार्टी फुटाउने व्यवस्था किन राखेको ?

सिटौलालाई सिवाकोटीको प्रश्न - पार्टी फुटाउने व्यवस्था किन राखेको ?

  • बुधवार, मंसिर १० २०८२

  • 367
    SHARES

  • सिटौलालाई सिवाकोटीको प्रश्न - पार्टी फुटाउने व्यवस्था किन राखेको ?

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले पार्टीभित्रको पछिल्लो विवादबारे कडा टिप्पणी गर्दै नेता कृष्णप्रसाद सिटौलामाथि पार्टी फुटाउने वातावरण सिर्जना गरेको आरोप लगाउनु भएको छ । उहाँले विगतमा हस्ताक्षर नगरेका केही सदस्यहरू पनि अहिले विशेष महाधिवेशनको पक्षमा खुल्दै गएको दाबी गर्नुभयो ।

    सिवाकोटीका अनुसार महाधिवेशन प्रतिनिधिहरूले आफ्नो अधिकार प्रयोग गर्न खोज्दा उनीहरूलाई आरोपित गर्ने काम भइरहेको छ । २०६४ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सुशील कोइरालालाई कार्यवाहक दिएपछि सुशीलको हस्ताक्षर नै चलेको उदाहरण प्रस्तुत गर्दै, अहिले सभापति शेरबहादुर देउवाले ‘कागजमा भने फिर्ता नलिएको’ तर व्यवहारमा कार्यवाहक जिम्मेवारी फिर्ता गरिसकेको उहाँले दाबी गर्नुभएको छ । उहाँका अनुसार वर्तमान कार्यवाहक नियुक्ति सामान्य प्रकृतिको नभई पार्टीका सबै कार्य सञ्चालनको अधिकारसहित गरिएको हो।

    विशेष महाधिवेशनबारे उहाँले अब दुई विकल्प मात्र बाँकी रहेको उल्लेख गर्दै, केन्द्रीय समिति विवेकी र जिम्मेवार भए आफैँ विशेष महाधिवेशन बोलाउँछ, नभए यो परिस्थिती पार्टीका लागि पीडादायी हुन सक्ने बताउनुभयो।

    सिवाकोटीले यसअघि जुन अवस्थामा पार्टी फुटेको थियो, अहिलेको परिस्थिति त्यसभन्दा भिन्न रहेको दाबी गर्दै हस्ताक्षर गरिसकेका ५५ प्रतिशत प्रतिनिधिलाई धम्क्याएर ४० प्रतिशतमा झार्न असम्भव रहेको बताउनुभयो । सिवाकोटीका अनुसार अहिले देखिएको आन्तरिक विवाद पार्टीलाई दीर्घकालीन रूपमा प्रभाव पार्ने मोडमा पुगेको छ, जसले नेतृत्वको जिम्मेवारी र निष्कर्षबारे नयाँ प्रश्न उठाइरहेको छ।


    बुधवार, मंसिर १० २०८२१०:२४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij