Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

निर्वाचनका लागी सरकार र आयोगको काम तिब्र, मतदाता नामावली संकलनको काम सकियो, अस्थायी बसोबास स्थलबाट पनि मतदान गर्न पाउने व्यवस्था मिलाईदै (खासखबर)

निर्वाचनका लागी सरकार र आयोगको काम तिब्र, मतदाता नामावली संकलनको काम सकियो, अस्थायी बसोबास स्थलबाट पनि मतदान गर्न पाउने व्यवस्था मिलाईदै (खासखबर)

  • शनिवार, मंसिर ६ २०८२

  • 475
    SHARES

  • निर्वाचनका लागी सरकार र आयोगको काम तिब्र, मतदाता नामावली संकलनको काम सकियो, अस्थायी बसोबास स्थलबाट पनि मतदान गर्न पाउने व्यवस्था मिलाईदै (खासखबर)
    काठमाडौं। आगामी फागुन २१ गतेका लागी तय प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सरकार र निर्वाचन आयोगले तयारी तिब्र पार्दै गएका छन्। 
     
    निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम सम्पन्न गरेर मतदाताको उमेरसम्बन्धी निर्दिष्ट समय अर्थात कट अफ डेट निर्धारण गरिसकेको छ भने सरकारले पनि राजनैतिक दलहरुसँगको छलफल र परामर्श तिब्र पार्दै गएको छ।
     
    जेनजी आन्दोलनले सत्ता उलटफेर भएपछी बनेको वर्तमान अन्तरिम सरकारले प्रतिनिधी सभा विघटन गरी फागुन २१ का लागी तय गरेको निर्वाचनका लागी निर्धारित समयमै चुनाव गराउने गरी तयारी तिब्र पारिएको हो। 
     
    जसअनुसार आयोग सुरु गरेको मतदाता नामावली संकलन तथा अध्यावधीकअन्तर्गत यसपटक आठ लाख ३७ हजार ९४ जना नयाँ मतदाता थपिएका छन्। 
     
    यसअघि गत कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकोमा नयाँ मतदाताको दर्ताको चाप र सरोकार भएका पक्षको आग्रहका आधारमा आयोगले मङ्सिर ५ गते हिजोसम्मका लागि समय थपेकोमा आज सो समय सकिएको छ।
     
    यो अवधीमा फोटो तथा औँठाछापसहितको जैविक विवरण(बायोमेट्रिक्स)मार्फत तीन लाख ४४ लाख ९१४ र राष्ट्रिय परिचयपत्रमार्फत चार लाख ९२ हजार १८० नयाँ मतदाता थपिएका छन्। 
     
    योसँगै मतदाताको संख्या कुल सँख्या एक करोड ९० लाख ५ हजार ३२४ पुगेको छ आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने गराएपछि अनलाइनबाट नाम दर्ता गराउनेको सङ्ख्या थप बढेको हो। 
     
    जसअनुसार गत कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताको सङ्ख्या एक करोड ८१ लाख ६८ हजार २३ रहेको थियो। 
     
    यस्तै आयोगले फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट समय कट अफ डेट निर्धारण गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो। भटराईका अनुसार फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको विवरण यही मङ्सिर २०गते आयोगको वेबसाइटमा प्रकाशन गर्ने आयोगको तयारी छ। 
     
    त्यसपछी मङ्सिर २१ देखि २७ गतेसम्म त्यसउपर उजुरी संकलन गर्ने त्यसपछी विवरण सच्याउने काम सकिएपछि आउँदो पुस १५ गते मतदाताको अन्तिम नामावाली सार्वजनिक गर्ने जानकारी दिनुभयो। 
     
    यस्तै आयोगमा निर्वाचनका लागी दल दर्ता  पनि तिब्र रहेको प्रवक्ता भट्टराईले बताउनुभयो। उहाँका अनुसार अहिलेसम्म आयोगमा कुल दल दर्ता संख्या १२६ पुगेको र अझै ३० दल दर्ताको प्रक्रियाका लागी पाइपलाईनमा रहेका  छन् ।
     
    यस्तै यता सरकारले पनि तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउनका लागी आफ्नो तयारी तिब्र पार्दै गएको छ। केही दल तथा समुहले निर्वाचनका लागी उचित वातावरण बनाउन नसकेकोले निर्धारित समयमा चुनाव हुनेमा आशंका व्यक्त गर्दै आइरहेको बेलामा सरकारले तयारी तिब्र पार्दै गएको हो। 
     
    सोहीअनुसार सरकारले पछिल्लोपटक आयोगमा दर्ता भएका सबै राजनैतीक दलहरुसँग छलफल गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सुचना, तथा प्रविधीमन्त्री जगदिश खरेलले जानकारी दिनुभयो। 
     
    सरकारले पहिलोपटक एकैचोटी सय बढी दलहरुसँग छलफल गरेको जिकिर गर्दै उहाँले दलहरु पनि स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागी प्रतिवद्धता जाहेर गरेको बताउनुभयो।
     
    यस्तै, यसपटक आयोगले मतदान केन्द्रभन्दा टाढा रहेका मतदातालाई अस्थायी बसोबास रहेकै ठाउँबाट पनि मतदान गर्न पाउने व्यवस्था मिलाउने प्रयत्न सुरु गरेको छ। सरकारले चासो देखाएपछी आयोगले नीति अनुसन्धान प्रतिष्ठानलाई देशकै अर्को निर्वाचन क्षेत्रमा रहेका मतदालाई पनि मतदान गर्न पाउने व्यवस्था मिलाउने उपायबारे अध्ययन गर्न आग्रह गरेको छ।
     
    प्रतिष्ठानका अनुसार समानुपातिक प्रणालीतर्फको मतदान गराउन समस्या नभए पनि प्रत्यक्षतर्फ त्यस्तो व्यवस्था मिलाउन अझै केही चुनौती देखिएको छ। केन्द्रीय तथ्यांक विभागका अनुसार १८ वर्षभन्दा माथिका २३.९ प्रतिशत मानिसहरू आफ्नो जिल्लाबाहिर बसोबास गर्दै आएका छन्।
     
    पछिल्लो जनगणनाअनुसार १८ वर्षभन्दा माथिको उमेरका मानिसहरूको जनसङ्ख्या एक करोड ९२ लाख छ। जसअनुसार अस्थायी बसोबास गरेकै ठाउँमा मतदात गर्न पाएमा झन्डै ४६ लाख मानिस लाभान्वित हुनेछन्। 

     


    शनिवार, मंसिर ६ २०८२०८:१४:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij