Sep 09 2026 | २०८३, भाद्र २४ गते

२०८३, भाद्र २४ गते
  • यो साता चर्चामा :
images

प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन उपत्यका प्रदेश कमिटीको नयाँ नेतृत्व चयन

प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन उपत्यका प्रदेश कमिटीको नयाँ नेतृत्व चयन

  • शनिवार, मंसिर ६ २०८२

  • 847
    SHARES

  • प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन उपत्यका प्रदेश कमिटीको नयाँ नेतृत्व चयन

    काठमाडौं । प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन उपत्यका प्रदेश कमिटीको दोस्रो सम्मेलनबाट नयाँ कार्यसमिति गठन गरिएको छ।

    करिब २२ वर्षदेखि कानुन व्यवसायमा सक्रिय रहँदै आएका अनुभवी र इमानदार कानुन व्यवसायीको रूपमा परिचित रामचन्द्र भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो।

    काठमाडौंमा हिजो भएको सम्मेलनबाट गठित २२ सदस्यीय नयाँ कमिटीको उपाध्यक्ष थरी कडेल, सचिव सान्तना दाहाल न्यौपाने, कोषाध्यक्ष प्रचन्न नाउला र ११ जना सदस्य निर्वाचित भएका छन् ।

    कमिटीको पदेन सदस्यमा सर्वोच्च अदालत बार, उच्च अदालत पाटन बार, ललितपुर जिल्ला अदालत बार, काठमाडौं जिल्ला अदालत बार, विशेष अदालत बार, भक्तपुर जिल्ला अदालत बार र काभ्रेपलाञ्चोक जिल्ला अदालत बारका अध्यक्षहरू रहने व्यवस्था छ ।

    सम्मेलनले उपत्यका प्रदेशमा कानुन व्यवसायीहरूको पेशागत क्षमता, न्याय क्षेत्रमा सुधार र संगठनात्मक सुदृढिकरणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ।


    शनिवार, मंसिर ६ २०८२१२:२२:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij