Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

ट्याक्सी सञ्चालनमा अवरोध नगर्न सरकारलाई संसदीय समितिको निर्देशन

ट्याक्सी सञ्चालनमा अवरोध नगर्न सरकारलाई संसदीय समितिको निर्देशन

  • बुधवार, आषाढ २४ २०७७

  • 663
    SHARES

  • ट्याक्सी सञ्चालनमा अवरोध नगर्न सरकारलाई संसदीय समितिको निर्देशन

    काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले ट्याक्सी सेवा सञ्चालनमा अवरोध नगर्न सरकालाई निर्देशन दिएको छ । विश्व स्वास्थ्य संगठन र कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले बनाएको मापदण्ड अनुसार ट्याक्सी सेवा खुला गर्न समितिले निर्देशन दिएको हो ।

    समिति सभापति कल्याणीकुमारी खड्काले सुरक्षा र सतर्कता अपनाएर ट्याक्सीलाई सेवा दिन खुला गर्नुपर्ने बताउनुभएको छ । बुधबार समितिमा ट्याक्सी व्यवसायी, नेता र मजदुरहरुसँगको छलफल भएको थियो ।

    ट्याक्सी व्यवसायीले भोकै मर्नुपर्ने अवस्था आएको, डिप्रेसनमा पर्नेहरु बढेको लगायतका गुनासो राखेका थिए । उनीहरुले बैंकको किस्ता तिर्न समस्या परिरहेको भन्दै ब्याजमा मिनाहा र छुट दिनपर्ने समेत माग गरेका छन् ।


    बुधवार, आषाढ २४ २०७७०३:५८:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij